नेपालको संविधानको धारा ७६ को (१७) ले प्रधानमन्त्री र मन्त्रीहरुलाई सदनप्रति उत्तरदायी हुनुपर्दछ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

युद्ध रोक्ने इरानी प्रस्ताव ट्रम्पद्धारा फेरी अस्वीकार

793
shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध रोक्न इरानको प्रस्तावलाई फेरि अस्वीकार गरेका छन् ।

शुक्रबार राति अबेर उनले भने, ‘इरानको वार्ताको नयाँ प्रस्ताव मलाई अस्वीकार्य छ । इरानको नेतृत्व अलमल्लमा परेको छ र गहिरो रूपमा खण्डित छ । तिनीहरू सम्झौतामा पुग्न चाहन्छन्, तर तिनीहरू आपसमा सम्झौतामा पुग्न सकिरहेका छैनन् ।’इरानले यसअघि अप्रिल २६ र २७ मा आफ्नो प्रस्ताव पेश गरेको थियो, जसलाई ट्रम्पले अस्वीकार गरेका थिए ।

ह्वाइट हाउसका एक अधिकारीका अनुसार, इरानले आफ्नो नयाँ प्रस्तावमा आणविक मुद्दा उल्लेख नगरेकोमा ट्रम्प दुखी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले इरान अमेरिकासँग वार्ता पुनः सुरु गर्न तयार रहेको बताएका छन् । उनका अनुसार तर ट्रम्पले धम्कीपूर्ण भाषा प्रयोग गर्न बन्द गर्नुपर्छ ।

प्रेस टिभीका अनुसार अराघचीले टर्की, कतार, साउदी अरेबिया, इजिप्ट, इराक र अजरबैजानका आफ्ना समकक्षीहरूलाई वर्तमान अवस्थाको बारेमा जानकारी गराउँदै इरानले यो युद्ध सुरु गरेको होइन र उसको सेना कुनै पनि नयाँ आक्रमणको जवाफ दिन पूर्ण रूपमा तयार रहेको बताए ।

अराघचीले इरानले पाकिस्तानको मध्यस्थतामा हालै भएको वार्तामा इमानदारीपूर्वक भाग लिएको तर अमेरिकासँग विश्वास कम रहेको बताए । उनका अनुसार अमेरिकाले विगतमा आफ्ना वाचाहरू पूरा गर्न असफल भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports