तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालको ट्रेड युनियन अधिकार रक्षाका लागि अन्तराष्टिय जगत गम्भीर रहेको छ : स्टेफन कटन

234
shares

काठमाडौं । विश्वस्तरको इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन विश्व कार्य समितिका महासचिव स्टेफन कटनले नेपाल सरकारले नेपाली ट्रेड युनियनहरूसँग अर्थपूर्ण संवादमार्फत कामदारहरूको अधिकार र ट्रेड युनियन अभ्यासहरू स्थापित गराउन सहयोग गर्नुपर्ने बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयूसी)को राष्ट्रिय परिषद्को उद्घाटन समारोहलाई शुक्रबार काठमाडौं सम्बोधन गर्दै उनले बलियो, स्वतन्त्र ट्रेड युनियनहरू बिना लोकतन्त्र फस्टाउन नसक्ने बताउँदै अधिकार रक्षाका लागि सरकारको भूमिका महत्वपूर्ण हुने बताएका हुन् । राजनीतिक परिवर्तनको समयमा श्रमिकका अधिकारहरू दबाबमा पर्नसक्ने भएकाले हाल नेपाल सरकारले संघीय निजामती सेवा ऐनको मस्यौदामा संघको स्वतन्त्रताको प्रावधान हटाउने विषय स्वीकार्य गर्न नसकिने पनि बताए ।

‘सरकारले ल्याएको संघीय निजामती सेवा ऐनले सार्वजनिक क्षेत्रहरूमा कामदारहरूको अधिकार कुन्ठित गर्ने प्रयास भएको छ र सामाजिक संवादका सम्बन्धमा गम्भीर चिन्ताहरू उठाएको छ । त्यसैले हामी सरकारलाई रचनात्मक संवाद सुरु गर्न साथै यी मुद्दाहरूलाई लोकतान्त्रिक र रचनात्मक तरिकाले समाधान गर्न आह्वान गर्दछौँ,’ उनले भने ।

महासचिव कटनले विश्वव्यापी १ करोड ७० लाख यातायात मजदुरहरूको तर्फबाट सम्बोधन गर्न नेपाल आएको उल्लेख गर्दै नेपाली श्रमिकहरुको अधिकार रक्षाका लागि आफूहरु कटिवद्ध रहेको बताए ।नेपालमा ट्रेड युनियन अधिकारमाथि भइरहेको आक्रमण विश्वमाथिको आक्रमण भएको बताउँदै इरान युद्धले महंगी बढ्दा श्रमिकहरुमा ठूलो असर परेको उनको भनाइ थियो ।

‘जहाँ अफ्ठयारो परिस्थिति आउँछ, हामी त्यहाँबाट भाग्ने नभई सहयोग गर्न आउनेछौँ । संसारभरबाट नेपाल आउनेछौँ र सँगै लड्नेछौँ,’ उनले प्रतिवद्धता जनाए ।कामदारहरूको अधिकार कुनै पक्षीय मुद्दा नभई न्यायपूर्ण समाजको जग भएकाले स्वतन्त्रता, सामूहिक सौदाबाजी, मर्यादित काम गर्ने विषय मौलिक अधिकार समेत भएको उनले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports