सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ग्लोबल आइएमई बैकमा ‘किओस्क मेसिन, बाट अब बैक खाता खोल्न सकिने

858
shares

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकलाई सरल, सहज तथा अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले किओस्क मेसिनमार्फत बैंक खाता खोल्ने सुविधा सार्वजनिक गरेको छ।

बैंकले आफ्नो १९औँ वार्षिकोत्सवको अवसर पारेर ग्राहक स्वयंले शाखा कार्यालयमा राखिएको किओस्क मेसिन प्रयोग गरी खाता खोल्न सक्ने सुविधा सुरु गरेको हो। हालका लागि यो सेवा काठमाडौंको कमलादीस्थित बैंकको डिजिटल युनिभर्समा उपलब्ध रहेको छ।

किओस्क मेसिनमार्फत खाता खोल्दा ग्राहकले आवश्यक व्यक्तिगत विवरण प्रविष्ट गर्नुपर्नेछ। त्यसपछि आवश्यक कागजातहरू अपलोड गरेपछि खाता नम्बर तत्काल उपलब्ध गराइने बैंकले जनाएको छ।

यसअघि नै बैंकले कमलादीस्थित डिजिटल युनिभर्समार्फत क्यास डिपोजिट र चेक डिपोजिटजस्ता सेवाहरू मेसिनबाटै प्रदान गर्दै आएको थियो। भविष्यमा यस्ता डिजिटल सेवाहरूलाई अन्य स्थानहरूमा पनि विस्तार गर्ने बैंकको योजना रहेको छ।

ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट सम्मानित हुँदै आएको छ। बैंकले बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ।

देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको ग्लोबल आइएमई बैंक निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकका हाल ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्र सञ्चालनमा रहेका छन्।

बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनलगायत विभिन्न देशबाट रेमिट्यान्स सेवा प्रदान गर्दै नेपाली अर्थतन्त्रको समृद्धिमा योगदान पुर्‍याउँदै आएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports