सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारको आदेशमा गोली चलेको होइन, सरकारले आदेश दिएको पनि होइन : अध्यक्ष ओली

728
shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको क्रममा आफू नेतृत्वको सरकारले गोली चलाउने आदेश नदिएको दोहोर्‍याएका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत एक लामो स्टाटस लेख्दै उनले सरकारको आदेशमा उक्त दिन गोली नचलेको र सरकारले आदेश पनि नदिएको दाबी गरेका हुन् ।‘संसारको जुनसुकै देशका प्रमुख संवैधानिक अंगका कार्यालय रक्षाका लागि सुरक्षाकर्मीले चौबीसै घण्टा हतियार सहित कमब्याट पोजिसनमा उभिएको हुन्छ । उनीहरुले सरकारको आदेश होइन, कानुनको शपथ लिएका हुन्छन्,’ ओलीले भनेका छन्, ‘त्यस दिन पनि सरकारको आदेशमा गोली चलेको होइन, सरकारले आदेश दिएको पनि होइन ।’

बरु उनले नयाँ बानेश्वरको निषेधित क्षेत्र तोडिँदासम्म पनि कुनै गोली नचलेको जिकिर गरेका छन् ।‘म फेरि पनि स्पष्ट पार्न चाहन्छु– तपाईंहरुको माइतीघरको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले कुनै बल प्रयोग गरेको थियो ? थिएन । बानेश्वरको निषेधित क्षेत्र तोडिँदासम्म कुनै गोली चलेको थियो ? थिएन,’ ओलीले भनेका छन् ।उनले केहीदिनदेखि तत्कालीन प्रधानमन्त्रीको रुपमा आफूले नै गोली चलाउनेजस्ता आदेश दिएको भन्दै निराधार हल्ला फिँजाइएको दाबी गरेका छन् ।‘हाम्रो संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकलाई गोली चलाउन आदेश दिन पाउने अधिकार दिएको छैन, र त्यस्तो आदेश मैले कहिल्यै दिएको पनि छैन र आदेश दिन सोच्न पनि सक्दिनँ,’ ओलीले भनेका छन् ।

सरकारले त्यतिबेला घुसपैठको सम्भावना भएकाले माइतीघरमा प्रदर्शन रोक्ने निर्णय लिएको उनको स्पष्टोक्ति छ । ‘तर जब युवाहरूले शान्तिपूर्ण सभाको अनुमति मागे, प्रशासनले सहजै अनुमति दियो । म स्वयंले पनि अघिल्लो दिन जेनजी सुझबुझ भएका हाम्रा युवाहरू अनुशासित र सचेत छन् भनेर सार्वजनिक रूपमा भनेको थिएँ,’ ओलीले भनेका छन् ।बरु, योजनाबद्ध रूपमा केही समूहले बालबालिका र स्कुल ड्रेसमा रहेका नानीबाबुलाई अगाडि राखेर संसद् भवनसम्म पुर्‍याउन खोजेको उनको भनाइ छ । ‘किनकि उनीहरूलाई थाहा थियो संसद् भवन आक्रमण हुनथाले सुरक्षा निकायले कानुन अनुसार बल प्रयोग गर्नैपर्छ,’ ओलीले थप भनेका छन् ।

आफ्नो राजीनामापछि नै सिंहदरबार, राष्ट्रपति भवन सर्वोच्च अदालत लगायत सबै धरोहरहरू जलाइएको उनको भनाइ छ ।उनले खुला रुपमा कुनै पनि मञ्चमा बसेर आफू यसबारे जवाफ दिन तयार रहेको पनि बताएका छन् ।‘म खुला रूपमा कुनै पनि मञ्चमा बसेर उत्तर दिन तयार छु,’ ओलीले भनेका छन् ।ओलीले अन्तिममा थप प्रश्न गरेका छन्, ‘माइतीघरको शान्तिपूर्ण प्रदर्शनबाट ती युवाहरूलाई संसद भवनजस्तो कानुनले बल प्रयोग गर्नै पर्ने ठाउँतर्फ कसले, किन र कसरी लग्यो ? यो प्रश्नको पनि जवाफ खोज्नुहोला ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports