तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

इंग्ल्याण्डले दियो नेपाललाई दियो १ सय ८५ रनको लक्ष्य

1K
shares

काठमाडौं। आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत इंग्ल्यान्डले नेपाललाई खेल जित्नका लागि १८५ रनको लक्ष्य दिएको छ ।

आइतबार वाङ्खडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाउँदै नेपाललाई १८५ रनको लक्ष्य दिएको हो ।

इंग्ल्यान्डका लागि ज्याकब बेथेलले ३५ बलमा चार चौका र चार छक्कासहित सर्वाधिक ५५ रन बनाउन सफल भए । कप्तान ह्यारी ब्रूकले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाए भने विल ज्याक्सले १८ बलमा अविजित ३९ रन बनाए । उनले १ चौका र ४ छक्का प्रहार गरेका थिए ।

बलिङतर्फ नेपालका लागि दीपेन्द्रसिंह ऐरी २ विकेट र नन्दन यादवले २ विकेट लिए । सन्दीप लामिछानेले १ र शेर मल्लले १ विकेट लिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports