कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने
वि.सं.२०८२ माघ २५ आइतवार १८:१७
shares

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने भएका छन् ।
उनको सचिवालयले देउवा कुनै पनि चुनावी सभामा जाने कार्यक्रम नरहेको जानकारी गराएको छ ।केही सञ्चारमाध्यममा देउवा चुनावी अभियानमा निस्कने भन्ने समाचार आएपछि देउवाको सचिवालयलेत्यस्तो कुनै कार्यक्रम नरहेको बताएको हो ।
‘चुनावी सभा वा अन्य कुनै पनि कार्यक्रममा जाने तयारी छैन’, देउवाको सचिवालयले भनेको छ ।गत पुस अन्तिम साता भएको विशेष महाधिवेशनबाट कांग्रेसले नेतृत्व फेरेको छ । त्यसयता देउवा पार्टी गतिविधिमा संलग्न छैनन् ।


































