तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चिनीमा ठगिँदै उपभोक्ता

793
shares

काठमाडौ । गत वर्ष भाद्र २८ गते केपी ओली नेतृत्वको सरकारले स्वदेशी चिनी उद्योगहरुलाई प्रोत्साहन दिने नाममा विदेशबाट चिनी आयातमा कोटा प्रणाली लागू गर्ने निर्णय गरेपश्चात् चिनीको मूल्य बढेको छ । नेपाललाई वार्षिक २ लाख ४० हजार मेट्रिकटन चिनीको आवश्यकता पर्दछ । चिनी उद्योगीहरुका अनुसार हाल नेपालमा १ लाख ४० हजार मेट्रिकटन चिनीको उत्पादन हुने गरेको छ । स्वदेशी चिनी उद्योगीहरुले नेपालमा उत्पादन भएको उखुबाट क्रसिङ्ग गरी चिनी उत्पादन गर्ने गरेको भएपनि अधिकांश चिनी मिलहरुले भारतबाट सस्तो मूल्यमा चिनी र उखु ल्याएर नेपालले उत्पादन गरेको ट्याग लगाउने गरेका छन् ।

नवलपरासी, मोरङ्ग, झापा, सुनसरी, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, लगायतका जिल्लामा कृषकहरुले उखु उत्पादन गर्ने गरेका छन् । चिनी उद्योगहरुले कृषकबाट उखु खरिद गरेपनि कृषकलाई उखुको मूल्य समयमै नदिँदा कृषकहरु मारमा पर्ने गरेका छन् । कतिपय चिनी मिल मालिकहरुले गत सालको उखुको मूल्य समेत कृषकलाई भुक्तानी दिएका छैनन् । यसै वर्षको भुक्तानी समेत उनीहरुले नपाएको हुनाले सर्लाही र नवलपरासीमा उखु कृषकहरु अनशनमा बस्न बाध्य भएका छन् ।

चिनी उद्योग संघका पूर्व अध्यक्ष एवं एभरेष्ट चिनी उद्योग र हिमालय चिनी उद्योगका मालिक शशीकान्त अग्रवालले त भारतबाटै उखु ल्याएर आफ्नो मिलमा क्रसिङ्ग गराएका छन् । चिनी उद्योगीहरुका अनुसार चिनी विक्रि नभएको बताएतापनि त्यसमा सत्यता नरहेको व्यापारीहरुले बताएका छन् । पछिल्लो समयमा चिनीको मूल्य बढेको छ । पहिला ६५÷७० रुपैँयामा प्रतिकिलो पाइने चिनी अहिले ८५ देखि ९० रुपैँयासम्ममा विक्रि वितरण भइरहेको हुनाले मिलमा रहेका चिनी विक्रि भएन भन्नु सरासर गलत रहेको छ । चिनी उद्योग व्यवसायी संघका अध्यक्ष राजकुमार अग्रवाल भएपनि उनीसमेत शशीकान्त अग्रवालकै मार्गतर्फ उन्मुख हुँदै शशीकान्तको आदेशका पालना गर्ने काममा मात्र सक्रिय भएका छन् ।

केही महिना अगाडि प्रधानमन्त्री केपी आलीले चिनी उद्योगीहरुले आफूलाई झुक्याएको भन्दै सार्वजनिक रुपमै आरोप लगाएका भएपनि आफूलाई झुक्याउने उद्योगीहरुमाथि कुनै कारबाही नगरेपछि चिनी उद्योगीहरुले कार्टेलिङ्ग गरेर चिनीको मूल्य अघोषित रुपमै बढाउँदा समेत सरकार कानमा तेल हालेर बसेको छ । विदेशबाट सस्तो मूल्यमा चिनी ल्याएर महंगो मूल्यमा नेपाली उपभोक्ताहरुलाई विक्रि वितरण गर्न पल्केका चिनी उद्योगीहरु सरकारकै आडमा जनतालाई ठगिरहेको छन् भने उखु कृषकहरुलाई समेत उखुको भुक्तानी नदिएर उनीहरुलाई आर्थिक कठिनाई उत्पन्न गराउँदै उपभोक्तालाई ठगि रहेका छन् ।

नेपाली चिनी विक्रि भएको छैन भने उद्योगीहरुले अब भन्न सक्नुपर्दछ अहिले नेपाल कहाँको चीन विक्रि वितरण भइरहेको छ ? उद्योगीहरुसँग कति चिनी स्टक रहेको छ ? के सरकारले त्यसतर्फ ध्यान देला कि उपभोक्तालाई ठग्ने व्यापारीकै पक्षमा निर्णय लेला ? चिनी उद्योगी व्यवसायी संघका अध्यक्ष राजकुमार अग्रवालले नेकपाका सांसद मोतिलाल दुगड र पूर्व अध्यक्ष शशीकान्त अग्रवाललाई प्रयोग गरेर उपभोक्तालाई मात्र ठगिरहेका छैनन्, सरकारलाई समेत ठगिरहेको हुनाले सांसद दुगड र अग्रवालद्वयमाथि कारबाही हुनुपर्ने माग समेत उद्योगी व्यापारीहरुले गर्न थालेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports