kumari
stcnepal

अब्बल बन्ने दौडमा महिमा

काठमाडौं । एक पछि अर्को चलचित्रमा काम गर्दै आईरहेकी नायिका हुन् महिमा सिल्वाल । प्रतिस्पर्धाको यो दौडमा आफुलाई अब्बल बनाउने प्रयासमा छिन उनि । नायिका महिमा सिल्वालले सकस, धुम, ब्वाईपे्रmण्ड लगायत दर्जन बढि चलचित्रमा अभिनय गरेकी छन् भने झण्डै तीन दर्जन भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् ।

यतिबेला उनि भोजपुरी चलचित्र ‘अर्जुन’को छायांकनमा ब्यस्त छिन् । नेपाली तथा भोजपुरी चलचित्रकी नायिका महिमा सिलवालले देश, विदेशमा आयोजना हुने अन्तर्राष्ट्रिय चलचित्र महोत्सव तथा अवार्ड समारोहमा सर्वोत्कृष्ट नायिकाको अवार्डबाट सम्मानित भईुसकेकी छन् ।

त्यसैगरी संसारकै दोस्रो चलचित्र उद्योगको नगरी मुम्वईमा नेपाली समाजले गत साल आयोजना गरेको अन्तर्राष्ट्रिय चलचित्र प्रतिस्पर्धा, महोत्सव तथा अवार्ड समारोहमा उनको अभिनयलाई सार्वोत्कृष्ट मान्दै पहिलो पुरस्कार प्रदान गरिएको थियो । दर्शकको मायाँ र सम्मानले आफुलाई चलचित्र क्षेत्रमा निरन्तर काम गर्ने उर्जा मिल्ने गरेको उनको भनाई रहेको छ ।

footer