सर्लाही -४ मा गगन थापा तिन हजार मतले पछि परे
वि.सं.२०८२ फागुन २३ शनिवार ०८:४३
shares

काठमाडौं । सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रतिस्पर्धी अमरेशकुमार सिंह भन्दा ३२ सय मतले पछाडि परेका छन् ।
रास्वपा उम्मेदवार सिंहले ९ हजार ३७ मत ल्याउदा थापाले ५ हजार ८२८ मत ल्याएका छन् । निर्वाचन अधिकृतको कार्यालयले केहीवेर अघिमात्रै अद्यावधिक विवरण सार्वजनिक गरेको हो ।
एमालेका अमनिशकुमार यादवले १४ सय २२ मत पाएका छन् । जनमतका राकेश मिश्रको ४६८ मत छ ।





































