विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै

962
shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्गियो गोर आज नेपाल आउँदै छन् । उनी आज साँझ काठमाडौं ओर्लिने छन्।बालेन शाह नेतृत्वमा सरकार गठन भएयता नेपाल भ्रमणमा आउने गोर सबैभन्दा उच्च तहका कूटनीतिज्ञ हुन् ।

गोर दक्षिण तथा मध्य एशियाका लागि अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत हुन् । उनी हाल भारतका लागि अमेरिकी राजदूतका रूपमा पनि कार्यरत छन् । ट्रम्पका निकट सहयोगी मानिने उनलाई भारतका लागि राजदूतसँगै दक्षिण तथा मध्य एशियाका विशेष दूतको जिम्मेवारी पनि दिइएको छ ।

पहिलोपटक काठमाडौं आउन लागेका गोरको नेपाल भ्रमण मुख्यतस् व्यवसाय, लगानी र दुई देशका सरकारबीच सम्बन्ध विस्तार लगायतका विषयमा केन्द्रित हुने जनाएको छ ।

गोरले नेपाल बसाइको क्रममा राजनीतिक भेटघाट गर्ने छन् । यसअघि नेपाल भ्रमण गरेका अमेरिकी सहायक विदेश मन्त्री समिर पल कपुरले रास्वपा सभापति रवि लामिछाने र सरकारका वरिष्ठ मन्त्रीहरूलाई भेटेका थिए ।गोरले अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट्ने कार्यसूची तय भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports