सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपा अध्यक्ष लिङदेन रास्वपाका पाठकसँग दोब्बर मतले परे पछि

1.42K
shares

काठमाडौं । झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिँदा राष्ट्रिय प्रजातन्त्र पार्टी दोब्बर मतले पछाडि परेको छ ।

रास्वपाका प्रकाश पाठकले १३ हजार ८४९ मत ल्याएर अग्रता लिँदा राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनले ६ हजार ३०० मत ल्याएका छन् ।

देशभरका मतपरिणाम आइरहँदा पछाडि देखिएको राप्रपाका अध्यक्ष लिङ्देन स्वयं दोब्बर मतले पछाडि देखिएका हुन् । राप्रपा जुम्लामा मात्र अगाडि देखिएको छ, जसमा ज्ञानेन्द्र शाही उम्मेदवार रहेका छन् ।

झापा क्षेत्र नम्बर ३ मा श्रम संस्कृति पार्टीका दिपक तिम्सिना भने २९९६ मत ल्याएर तेस्रो स्थानमा छन् । नेकपा एमालेका उम्मेदवार हरिबहादुर राजवंशीले २६८३ मत ल्याउँदै नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरे २५०१ मत ल्याएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports