धनकुटा मा एमालेका राजेन्द्र राईको अग्रता कायमै
वि.सं.२०८२ फागुन २३ शनिवार ०९:००
shares

काठमाडौं । धनकुटा-१ मा नेकपा एमालेका राजेन्द्र कुमार राईले अग्रता लिएका छन् । उनले ८ हजार ७६१ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका उम्मेदवार सान बहादुर राई ६ हजार ८७४ मतसहित दोस्रो स्थानमा छन् ।
तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका दिनेश राईले ५ हजार १०१ मत प्राप्त गरेका छन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले ३ हजार ७५१ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका धर्मराज पौडेल ९६५ मतसहित पाँचौं स्थानमा छन् ।
































