राष्ट्रपति सहित प्रधानमन्त्री लगायत बाट बसन्त श्रवण
वि.सं.२०७८ माघ २३ आइतवार १३:०६
shares
राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गरेकी छन् ।
आइतबार बसन्तपुरको हनुमानढोका दरबारमा श्रीपञ्चमीको पूजा आराधनाका लागि उपस्थित भएकी राष्ट्रपति भण्डारी सहित प्रधानमन्त्री लगायतले बसन्त श्रवण गरेका हुन् ।माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्वमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा श्रद्धा गरिन्छ ।
राजतन्त्रपछि राष्ट्र प्रमुखको रुपमा राष्ट्रपति बसन्त श्रवणका लागि जाने गरेका छन् ।वसन्त श्रवणमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटालगायत पनि सहभागिता रहेको थियो ।





































