२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नयाँ पुस्ताले गर्छु भनेका छन्, गरेर देखाउ

2.67K
shares

 

पुरानाले सकेनन्, पुराना भ्रष्ट भए, पुराना परिवारवादी भए भनेर कोकोहोलो मच्चाएको धेरै भयो । यही कोकोहोलोको वीचमा भदौ २३ र २४ को जेनजी आन्दोलन, विद्रोह भयो । जसजसको कमी कमजोरी, प्रायोजन वा घूसपैठबाट भएको भए पनि बहुदलपछिको ३७ वर्ष र लोकतन्त्रपछिको १७ वर्षमा पुराना पार्टीका कमीकमजोरीमा जनता असन्तुष्ट थिए, आक्रोसित थिए । भ्रष्टाचार अनैतिकताका अनेक घटनाक्रमले जनतालाई बिद्रोही बनाएकै थियो । परिणाम फागुन २१ को चुनावमा बुढोपुरानो पुस्तालाई जनताले थचारिदिएका छन् ।
पुरानो पुस्ता ५ वर्षका लागि थन्किनु भनेको हरेक पार्टीमा नयाँ पुस्ता अगाडि आउने ढोका खुल्नु हो । पुरानो पात झ¥यो, नयाँ पलाउनु पर्छ । जो सरकारमा गए पनि प्रतिषोध साध्ने छुट छैन । राम्रो गर्नका लागि नयाँ पुस्तालाई जनादेश प्राप्त भएकाले तिनले भ्रष्टाचारलाई न्यूनिकरण गर्नुछ, सुशासन पनि ल्याउनुछ । शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनामा बेग हान्नु छ । हान्न सकेनन् भने यिनीहरु पनि पन्छिने दिन आउनेछ । जनताको भरोसामा सुन देखिएका छन्, सुन सावित हुन् । पित्तल भन्नु नपरोस् ।
०४६ सालमा बहुदल पुनस्र्थापना भएपछिका ३७ वर्षमा के थिएन कांग्रेस, एमाले, माओवादीसँग ? सत्ता थियो, पार्टी थियो, संगठन थियो, संसदमा तिनै थिए । ३७ वर्षदेखि रजगज गरेकै हो । जनताको आवाज नसुन्दा, जनताको माग संवोधन नगर्दा भदौ २३ र २४ को घटना घट्नपुग्यो । राजनीतिक पुँजी थियो, खरानी भयो । राजनीतिक शक्तिहरुसँग संवाद, सहमति र सहकार्य नगर्दा ओल्लो तीर न पल्लो किनार हुनपुगे । जुन गल्ती पुरानाले गरे, नयाँले त्यो गल्ती नदोहो¥याउन् ।
कमजोरी भएकै हो । राजनीतिमा विवेक हुनुपर्छ । विवेक मरेकै हो । विवेकहीन हुँदा जसरी महाभारतमा दुर्योधन र धृतराष्ट्रको दुर्गति भएथ्यो, नेपाली राजनीतिक बादशाहहरुको त्यही चाल भयो । नयाँ आएकाले बादशाह बन्न नखोजुन् ।
राजनीतिक द्वन्द्व किनारा लगाउन नसक्दा, त्यो पाटोतिर पार्टी र नेताहरुको बुद्धि नपु¥याउँदा, अहंकारी बन्दा, निषेध, विभेद र प्रतिषोधकारी हुँदा ठूलापार्टीलाई राजनीतिक सन्निपात लाग्यो । बुढा पुराना पार्टीनेताहरुले राजनीतिक असफलताको सन्यासोमा च्यापिए ।
अब ठूला भनिएका नेता र पार्टीहरुलाई खरानीबाट उठ्नुछ । समय छैन, तिनीहरु कसरी उठ्लान् र ? नयाँ आएकाले ५ वर्षको जनादेश पाएका छन् । ती फूट्न गए, असफल भए भने सम्हाल्न पुरानै दलहरु अग्रसर हुनेछन् । पुराना पार्टीभित्रका नयाँ पुस्ताले नाङ्गेझार बनेको पार्टीलाई जगाउनु छ, जोगाउनु छ । ५ वर्षको परिश्रमपछिको परीक्षामा उतार्ने तैयारी अहिलेदेखि नै सुरु गर्दा राम्रो । बिगतमा दुई तिहाइका पार्टी पनि फुटेका छन्, मध्यावधि भएको छ ।
हुन त मति बिग्रेको २०४६ सालको बहुदलको पुनस्र्थापनादेखि नै हो । बहुदललाई भ्रष्टाचारको कालरात्रि कसले बनायो ? २०५१ साल फागुन १ गतेदेखि १० वर्षे जनयुद्धकालमा जे भेट्यो त्यही तिम्रो भनेर कसले सपना देखायो ? सर्वहारालाई सम्पन्नताको सपना देखाएर कसले माओवादलाई आफ्नै प्रगतिका लागि हतियार बनायो ? प्रजातन्त्रवाद र माओवादलाई कसले परित्याग ग¥यो ? प्रजातन्त्र भनेको नीति, सिद्धान्त, नैतिकता त्यागेर जसरी पनि सत्तामा पुग्नु र लुट्नुमात्रै हो भनेर कसले प्रमाणित ग¥यो ? लोकतन्त्रको दुरुपयोग गरेर राष्ट्रिय सम्पत्तिमा भ्रष्टाचार गर्नु र राजनीतिलाई अपराधीकरण कसले ग¥यो ? जनताको थाप्लोमा अन्याय थोपरेर न्यायलाई किनबेचको विषय कसले बनायो ? यी अनेक प्रश्नको उत्तर माग्दा माग्दै कसले जेनजी पुस्तामाथि राज्यदमन ग¥यो, गोली हानेर बालबालिका मा¥यो ? यी तमाम आक्रोशपूर्ण प्रश्नको जवाफ हो फागुन २१ को निर्वाचन परिणाम ।
यतिबेला २०४६ सालदेखि ३७ वर्ष शासन गरेका दलपतिहरुको अपराधिक राजनीतिलाई जेनजीको आँधीले बढारिदियो । दलपतिहरु रुन्चे मुख लगाएर कुनापसेका छन् । बौरिने र जिवन्त हुने प्रयासमा छन् ।
चुनावी परिणाम आश्चर्यजनक आयो । जुन परिणाम आएको छ, एउटा पनि नेताले धाँधली भयो भनेनन्, यो आश्चर्य हो । चुनावका बेलामा एउटा पनि हिंसा भएन, यो अर्को सुखद समाचार भयो । हो, ठूला दल र नेताहरुको नियति बिग्रेकी भाउजुको जस्तै देखिन्छ यतिबेला । ठूला दलहरु भात खाउँ कि थाल खाउँको स्थितिमा पुगेका छन् । हाँसको बथानमा बकुल्लो बनेका छन् ३७ वर्षे शासक टोली । अब बुद्धि आयो होला तर ढिला आयो ।
प्रमाणित भयो, जनताले चाहे नहुने के रहेछ ? यो संविधानलाई दोष दिनेहरुले रास्वपाको प्रचण्ड बहुमत देखे । आगामी ५ वर्ष यिनले देख्छन् । रास्वपा परिवर्तनको बाहक बनेको छ । सुशासनको प्रत्याभूति र भ्रष्टाचारीमाथिको दण्ड बनेर उदाएको छ । जनादेश छ, यो दलले ठूला ठूला निर्णय गर्नसक्छ, गर्छ । यसकारण पराजीत दलहरुतिर हेरेर आम नागरिक भनिरहेका छन्– हिस्स बुढी खिस्स दाँत ।
आलोपालो सत्तामा, सत्ताको सेटिङ, भ्रष्टाचारमा भाग शान्ति जयनेपाल, नियुक्तीमा व्यभिचार सबै सकियो । ठूला दलका भ्रष्टाचार गर्ने सटर बन्द भए ।
जनता जागेपछि ३७ वर्ष शासन गरेका शक्तिशाली नेता र पार्टीहरु भिजेको परालखुट्टे बने, न टेक्न सक्छन्, न उभिन । यिनीहरु उभिएको राजनीतिक जमिन भासिएको छ । फागुन २१ को पहिरोले ठूला पार्टीले मच्चाएका भ्रष्टाचारका अनेक नालीहरु देखिन थालेका छन् । त्यसमाथि भदौ २३ र २४ को जाँचबुझ आयोगले फौजदारी अभियोग नै लगाउन सिफारिस गरेपछि दमनकारी जेलमा, भ्रष्टाचारी नेलमा पर्ने दिन धेरै टाढा देखिदैन । भ्रष्टाचार र अपराधीकरण छिमोल्ने प्रकृया सुरु भइसक्यो । अब आउँछ सुद्धिकरणको अर्को आँधी । त्यतिबेला के होला, के नहोला ?
कांग्रेसका शेरबहादुर देउवा आफूलाई राजनीति शेर नै ठान्थे, एमालेका अध्यक्ष केपी ओली आफूलाई राजनीतिक पण्डितजस्तो देखाउँथे, जंगल र जनयुद्धबाट राजनीतिमा उत्रेका प्रचण्ड आफूलाई मिसाइलम्यान, डाइनामिक लिडर, म्याजिक पर्सन प्रमाणित गर्थे, यी तिनै नेता फागुन २१ को चुनावी नतिजा हेर्दा कसरी गलेर, कुहिएर फतफती झरे ? अन्तिम निर्णायक त जनता नै रहेछन् भन्ने प्रमाणित भयो । मैमत्ता न कलकत्ता हुँदा कसरी नोज डाइभ गर्नुपर्ने रहेछ । राजनीतिका नमकहराम सुखी ठान्नेहरुहरु कसरी एकाएक दुःखी आत्मा बन्न पुगे ?
अचम्म त के छ भने पुराना दलले न राजनीतिमा सहमति गर्न तम्सिए, न तिनले के के उपलव्धि गरे भनेर भन्न सक्ने स्थिति रह्यो । जब तिनको बालुवाको भ्रष्ट महल ढल्यो, अब तिनले पुर्पुरोमा हात राखेर फुर्सदले पछुताउनेबाहेक अर्को बिकल्प रहेन ।
देश के हो, देश नहुने वा देश गुमेका सिक्किमेहरुलाई सोध्नुपर्छ । दलाई लामा देश देश भनेर मर्ने स्थितिमा पुगिसके । म मर्नुपर्छ भन्ने बिर्सेर अमर हुनुभन्दा घृणा बचत गर्नेहरु आज जनताको घृणापात्र बनेका छन् । कुनै पनि नेतालाई जनताले यो काम राम्रो गरे भनेको सुनिएन ।
लोकतान्त्रिक गणतन्त्र भनेर नथाक्ने र त्यसैको आवरणमा भ्रष्टाचार र अपराधको जंगली शासन चलाउनेहरु ब्यूँझिन त निन्द्राबाट ब्यूँझिए तर अबेर भइसक्यो । भुइचालो गइसक्यो । बिपत्तिले घेरिसक्यो । तथापि भविष्यको राजनीतिका लागि यो शिक्षा बनेको छ ।
राष्ट्रले आफ्ना लागि रास्वपाको ५ वर्षे शासन चुनेका छन् । रास्वपाले अभिभावक छान्नुछ, सबै राजनीतिक शक्तिहरुसँग संवाद, सहमति र सहकार्य गर्नुछ । युवाहरुलाई यही देशमा गरिखान सकिन्छ भन्ने विश्वास जगाउनुछ, उत्साह र उत्प्रेरणा दिनुछ । रवि लामिछाने र बालेन साहले मेचीदेखि महाकालीसम्मका जनतालाई विश्वास दिलाएका छन्, जनता अब केही हुन्छ, इमानका साथ सुशासन ल्याउँछन् भन्ने भरोसा दिएका छन् । आउने एक एक दिनमा नयाँपुस्ताको इमान र जिम्मेवारी देखिनुपर्नेछ । देखियोस्, राजनीतिले कोल्टे फेरेको छ, उज्यालो ल्याओस्, शुभकामना ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports