२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

डब्लुटीओको व्यापार र वातावरण समितिको अध्यक्षमा नेपाल निर्वाचित

1.77K
shares

काठमाडौं । जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदी विश्व व्यापार संगठन (डब्लूटीओ) को व्यापार तथा वातावरण समिति (सीटीई) को अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार, बुधबार जेनेभामा सम्पन्न डब्लूटीओको जनरल काउन्सिलको बैठकले सुवेदीलाई एक वर्षको कार्यकालका लागि उक्त पदमा चयन गरेको हो।

के हो व्यापार तथा वातावरण समिति ?

यो समिति डब्लूटीओका सदस्य राष्ट्रहरूबीच व्यापार नीतिले वातावरणमा पार्ने प्रभाव र वातावरणीय नीतिले व्यापारमा पार्ने असरबारे संवाद गर्ने प्रमुख स्थायी फोरम हो।यसले वातावरणीय रूपमा दिगो व्यापार र जलवायु-सम्बन्धित व्यापारका उपायहरूलाई प्रवर्द्धन गर्न नीतिगत छलफलको सहजीकरण गर्दछ।

परराष्ट्र मन्त्रालयका अनुसार, नेपालका लागि यो नेतृत्वदायी भूमिका निकै महत्त्वपूर्ण समयमा प्राप्त भएको छ। हाल नेपाल अति कम विकसित मुलुक (एलडीसी) को स्तरबाट स्तरोन्नति हुने तयारी गरिरहेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports