सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यस्तो छ आज शुक्रबारका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

1.05K
shares

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको भाउ स्थिर रही एकको खरिददर १४७ रूपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रूपैयाँ ५२ पैसा तोकिएको छ।यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रूपैयाँ ६९ पैसा र बिक्रीदर १७० रूपैयाँ ३७ पैसा तोकिएको छ। बिहीबार यसको भाउ एकको खरिददर १७० रूपैयाँ ५९ पैसा र बिक्रीदर १७१ रूपैयाँ २८ पैसा थियो।

अस्ट्रेलियन डलर एकको खरिददर १०४ रूपैयाँ ११ पैसा र बिक्रीदर १०४ रूपैयाँ ५४ पैसा तोकिएको छ। बिहीबार यसको भाउ एकको खरिददर १०४ रूपैयाँ ९२ पैसा र बिक्रीदर १०५ रूपैयाँ ३५ पैसा थियो।युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रूपैयाँ ३९ पैसा र बिक्रीदर १९७ रूपैयाँ १९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रूपैयाँ ९१ पैसा र बिक्रीदर १८६ रूपैयाँ ६६ पैसा कायम गरिएको छ।

क्यानेडियन डलर एकको खरिददर १०७ रूपैयाँ ६८ पैसा र बिक्रीदर १०८ रूपैयाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रूपैयाँ २७ पैसा र बिक्रीदर ११५ रूपैयाँ ७४ पैसा तोकिएको छ।जापानी येन १० को खरिददर नौ रूपैयाँ ३० पैसा र बिक्रीदर नौ रूपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रूपैयाँ ४४ पैसा र बिक्रीदर २१ रूपैयाँ ५२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रूपैयाँ ४० पैसा र बिक्रीदर ३९ रूपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ४० रूपैयाँ ५७ पैसा र बिक्रीदर ४० रूपैयाँ ७४ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ५० पैसा र बिक्रीदर चार रूपैयाँ ५२ पैसा, युएई दिराम एकको खरिददर ४० रूपैयाँ २८ पैसा र बिक्रीदर ४० रूपैयाँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रूपैयाँ ५५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७० पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ८६ पैसा र बिक्रीदर नौ रूपैयाँ ९० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ ७३ पैसा र बिक्रीदर १५ रूपैयाँ ७९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ७१ पैसा र बिक्रीदर २२ रूपैयाँ ८० पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ८८ पैसा र बिक्रीदर १८ रूपैयाँ ९६ पैसा, कुवेती दिनार एकको खरिददर ४८२ रूपैयाँ ४५ पैसा र बिक्रीदर ४८४ रूपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ३९१ रूपैयाँ ७९ पैसा र बिक्रीदर ३९३ रूपैयाँ ३८ पैसा, ओमनी रियाल एकको खरिददर ३८४ रूपैयाँ २१ पैसा र बिक्रीदर ३८५ रूपैयाँ ७७ पैसा रहेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports