वैशाख २८ गते संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस
वि.सं.२०८३ वैशाख २२ मंगलवार १५:३६
shares

सरकारले वैशाख २८ गते संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते दिउँसो २ बजे अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
यसअघि मन्त्रिपरिषद्को बैठकले संघीय संसद् अधिवेशन आह्वानका सिफारिस गर्ने निर्णय गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख ९ गते संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख १७ गते बिहीबार दिउँसो २ बजे संघीय संसद् भवन सिंहदरबारमा अधिवेशन बोलाएका थिए ।
तर नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम गरिएको अधिवेशन आह्वान वैशाख १० गते सरकारले स्थगित गर्न पत्र पठाएपछि स्थगित गरिएको थियो ।




































