२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता जेठको पहिलो साताबाट सुरु हुने

1.26K
shares

काठमाडौं । समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता जेठको पहिलो साताबाट सुरु हुने भएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले मंगलबार एक कार्यक्रम गरी आफ्ना कार्ययोजना सार्वजनिक गरेको हो । जसअनुसार जेठको पहिलो साताबाट माग दाबीकर्ता बचतकर्ताको बचत फिर्ता गर्ने कार्य आरम्भ हुने उल्लेख छ ।त्यस्तै माग दाबी छुट भएका बचतकर्तालाई माग दाबी गर्नका लागि आगामी साउनको पहिलो साता समय खुला गरिने समितिले जनाएको छ । कर्जा असुलीका लागि समितिले कानुनबमोजिम अब कठोर नीति अवलम्बन गर्ने जनाएको छ ।

त्यस्तै किस्ताबन्दीका साथ कर्जा भुक्तानी गर्न लिखित प्रतिबद्धता व्यक्ति गर्दै निश्चित कर्जा रकम दाखिला गर्ने ऋणीलाई यथोचित समय उपलब्ध गराउने, नतिर्ने ऋणीको तीनपुस्ते नामावली प्रकाशनको कार्य र परिवारका सदस्य समेतको नाम कालोसूचीमा समावेश गर्ने समितिले चेतावनी दिएको छ ।हाल समस्याग्रस्त सहकारीको करिब ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्न बाँकी रहेको समितिले स्पष्ट पारेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports