कुशल भुर्तेलको शतकमा चीनविरूद्ध नेपालको विशाल योगफल
वि.सं.२०८३ जेठ १७ आइतवार ०९:१०
shares

काठमाडौं । कुशल भुर्तेलको शानदार शतक तथा कुशल मल्ल र रोहित पौडेलको आक्रामक अर्धशतक मद्दतमा एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले चीनविरुद्ध विशाल योगफल खडा गरेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा २ विकेट गुमाएर ३१३ रन बनाएको हो । यो नेपालका लागि दोस्रो सर्वाधिक योगफल समेत हो । यसअघि नेपालले एसियन गेम्समा मंगोलियाविरुद्ध ३१४ रनको योगफल बनाएको थियो ।कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै ४३ बलमा १२९ रन बनाए । उनले ५ चौका र १६ छक्का प्रहार गरे । यस्तै कुशल मल्ल ४७ बलमा ८५ रन तथा रोहित पौडेल २१ बलमा ६९ रनमा अविजित रहे ।
भुर्तेलले खेलको नवौं ओभरमा ६ छक्का समेत प्रहार गरे । उनी यो कीर्तिमान बनाउने नेपालका दोस्रो खेलाडी हुन् भने विश्वकै छैटौं खेलाडी समेत हुन् ।

































