नेपालको संविधानको धारा ७६ को (१७) ले प्रधानमन्त्री र मन्त्रीहरुलाई सदनप्रति उत्तरदायी हुनुपर्दछ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

तलव बढाएपछि स्वास्थ सेवाका कर्मचारीहरूको तलव यस्तो छ

234
shares

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि लागू हुने गरी २१ प्रतिशत तलब वृद्धि गर्ने निर्णय गरेसँगै स्वास्थ्य सेवामा कार्यरत कर्मचारीहरूको नयाँ तलबमान सार्वजनिक भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै मूल्यवृद्धि र जीवनयापन खर्चलाई ध्यानमा राखेर तलब संरचना परिमार्जन गरिएको जानकारी दिएका हुन्। साथै, महँगी भत्ता मासिक ५ हजार रुपैयाँ कायम गरिएको छ।

नयाँ व्यवस्था अनुसार स्वास्थ्य सेवाका विभिन्न तहका कर्मचारीहरूको पारिश्रमिकमा उल्लेखनीय वृद्धि भएको छ।आधिकृत बाह्रौ तहको कर्मचारीको पुरानो तलब ७२,०८२ रुपैयाँबाट बढेर ८७,२१९.२२ रुपैयाँ पुगेको छ। आधिकृत एघारौ तहको तलब ६०,४९० बाट बढेर ७३,१९२.९० रुपैयाँ पुगेको छ। आधिकृत दशौ तहको तलब ५६,७८७ बाट ६८,७१२.२७ रुपैयाँ पुगेको छ।

त्यस्तै, आधिकृत नवौ तहको तलब ५२,४१७ बाट बढेर ६३,४२४.५७ रुपैयाँ पुगेको छ भने आधिकृत आठौ तहको तलब ४८,७३७ बाट ५८,९७१.७७ रुपैयाँ पुगेको छ। आधिकृत सातौ तहको तलब ४५,८५१ बाट ५५,४७९.७१ रुपैयाँ पुगेको छ। आधिकृत छैठौ तहमा ४३,६८९ बाट ५२,८६३.६९ रुपैयाँ पुगेको छ।वरिष्ठ पाँचौ तहको तलब ३७,७४३ बाट ४५,६६९.०३ रुपैयाँ पुगेको छ। सहायक पाँचौ तहको तलब ३४,७३० बाट ४२,०२३.३० रुपैयाँ पुगेको छ। सहायक चौथौ तहको तलब ३२,९०२ बाट ३९,८११.४२ रुपैयाँ पुगेको छ।

त्यस्तै सहायक तेश्रो तहको तलब २७,६१२ बाट ३३,४१०.५२ रुपैयाँ पुगेको छ। सहायक दोश्रो तहको तलब २६,०८२ बाट ३१,५५९.२२ रुपैयाँ पुगेको छ भने सहायक प्रथम तहको तलब २४,७०२ बाट २९,८८९.४२ रुपैयाँ पुगेको छ।सरकारको यो निर्णयपछि स्वास्थ्य सेवाका कर्मचारीहरूको पारिश्रमिक संरचनामा करिब २१ प्रतिशतसम्म वृद्धि हुने अपेक्षा गरिएको छ, जसले दैनिक जीवनयापन र महँगीको दबाब केही हदसम्म कम गर्ने विश्वास गरिएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports