बैंगलोर लगातार दोस्रोपटक आइपीएल बिजेता बन्यो
वि.सं.२०८३ जेठ १८ सोमवार ०८:४२
shares
Royal Challengers Bengaluru players photo pose with winner IPL 2026 trophy during the Final of the TATA Indian Premier League (IPL) 2026 between Royal Challengers Bengaluru and Gujarat Titans at the Narendra Modi Stadium in Ahmedabad, India, on May 31, 2026. Photo by Surjeet Yadav / CREIMAS for IPL
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोरले लगातार दोस्रोपटक आईपीएल उपाधि जितेको छ ।
गएराति भएको फाइनलमा बैंगलोरले गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गरेको हो ।आइतबार अहमदाबादको नरेन्द्र मोदी रंगशालामा खेलिएको फाइनल खेलमा गुजरातले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५५ रन बनाएको थियो ।
१५६ रनको लक्ष्य पछ्याउँदै बैंगलोरले १८ ओभरमा पाँच विकेट गुमाएर १६१ रन बनाएर फाइनल खेल जित्यो ।२०२५ मा सोही मैदानमा बैंगलोरले पञ्जाब किंग्सलाई हराएर उपाधि जितेको थियो । बैंगलोर लगातार दुई पटक आईपीएल ट्रफी जित्ने तेस्रो टोली बनेको छ । यसअघि चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सले लगातार दोस्रोपटक ट्रफी जितिसकेको छ ।
बैंगलोर आईपीएल इतिहासमा पाँचौं पटक फाइनलमा पुगेको हो । यसअघि बैंगलोरले २००९, २०११, २०१६ र २०२५ मा फाइनल खेलेको थियो । तर, २००९, २०११ र २०१६ मा हारेको थियो । २०२५ मा पहिलोपटक च्याम्पियन बनेपछि बैंगलोरले २०२६ मा फेरि उपाधि जितेको हो ।




































