गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विश्व बजारमा अमेरिका-इरान युद्ध अघिकै मूल्यमा झर्यो कच्चा तेलको मूल्य

1.03K
shares

न्युयोर्क । विश्व बजारमा कच्चा तेलको मूल्य इरान युद्ध सुरु हुनुअघिको स्तरभन्दा तल झरेको छ । बुधवार बिहान ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल ७६ अमेरिकी डलरभन्दा तल झरेर करिब ७५ डलर ५० सेन्टसम्म आएको थियो, जुन फेब्रुअरी २७ यताकै सबैभन्दा न्यून स्तर हो ।

अमेरिकी तेलको मापदण्ड वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई) को मूल्य पनि घटेर प्रति ब्यारेल ७२ डलर शून्य ३ डलर सम्म पुगेको बताइएको छ, जुन मार्च ३ पछिकै सबैभन्दा कम हो ।विश्लेषकहरूका अनुसार लगानीकर्ताहरू अहिले स्ट्रेट अफ होर्मुज हुँदै तेल ट्याङ्करहरूको आवागमन चाँडै सामान्य अवस्थामा फर्किने अपेक्षामा छन् । यही आशावादका कारण तेल बजारमा युद्धसँग सम्बन्धित जोखिमको प्रभाव घट्दै गएको छ ।

बजार विश्लेषक टिम वाटरका अनुसार तेलको मूल्य घट्नुको मुख्य कारण इरानी तेल पुनः विश्व बजारमा आउन सक्ने सम्भावना र स्ट्रेट अफ होर्मुजा अवस्था सामान्य बन्दै जानु हो । उनका अनुसार यदि प्रतिबन्धहरू थप खुकुलो बनाइएमा इरानले ट्याङ्करहरूमा भण्डारण गरिएको ठुलो परिमाणको तेल केही साताभित्रै निर्यात गर्न सक्नेछ ।युद्धका क्रममा इरानले प्रभावकारी रूपमा स्ट्रेट अफ होर्मुजमा आवागमन रोक लगाएपछि सयौँ तेल ट्याङ्कर र ११ हजारभन्दा बढी कर्मचारी फारसी खाडी क्षेत्रमा अलपत्र परेका छन् । युद्धअघि विश्वभर खपत हुने तेलको झन्डै २० प्रतिशत, अर्थात् दैनिक २ करोड ब्यारेल तेल यही जलमार्ग भएर ओसारपसार हुने गरेको थियो ।

हालै अमेरिका र इरानबिच भएको सहमतिपछि स्ट्रेट अफ होर्मुजबाट व्यावसायिक जहाजहरूको आवागमनलाई ६० दिनसम्म शुल्क रहित रूपमा सञ्चालन गर्न दिने व्यवस्था गरिएको छ । त्यसपछि यस क्षेत्रमा समुद्री यातायात उल्लेखनीय रूपमा बढेको छ र पहिले रोकिएका धेरै तेल ट्यांकरहरू पुनः बाहिरिन थालेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports