नेपाली कांग्रेसको महाधिवेशन समाप्त भएको छ । महाधिवेशले १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

इरानमाथी ठूलो सैन्य आक्रमण गर्नबाट पछि हटे अमेरिकी राष्ट्रपति ट्रम्प

871
shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको ठूलो आक्रमणलाई तत्कालका लागि रोकेका छन् ।

अमेरिकी समाचार संस्था एक्सियोसका अनुसार, शुक्रबार आफ्ना उच्च सल्लाहकार तथा मन्त्रिपरिषद्का सदस्यहरूसँगको बैठकपछि ट्रम्पले आफ्ना सेनालाई ठूलो आक्रमण रोक्न आदेश दिएका हुन् ।ट्रम्पले वासिङ्टन र तेहरानबीच वार्ता भइरहेको र यसपटक इरान वार्ताप्रति निकै गम्भीर देखिएको समेत उल्लेख गरेका छन् ।

रिपोर्टका अनुसार, बैठकमा अमेरिकी सैन्य अधिकारीहरूले चेतावनी दिएका थिए कि यदि आक्रमणलाई अझ विस्तार गरियो भने मध्यपूर्वमा तैनाथ अमेरिकी फौजसँग रहेका प्याट्रियट इन्टरसेप्टर मिसाइल र अन्य हवाई प्रतिरक्षा हतियारहरूको भण्डार गम्भीर रूपमा रित्तिन सक्नेछ । जानकारी अनुसार, अप्रिलको अन्त्यसम्ममा अमेरिकाले १२ सय बढी प्याट्रियट इन्टरसेप्टर मिसाइल प्रयोग गरिसकेको थियो ।

एक्सियोसका अनुसार, आक्रमण रोक्ने उक्त निर्णय अस्थायी हो या दीर्घकालसम्म कायम रहनेछ भन्ने विषय हाल स्पष्ट छैन । तर आवश्यकता परेको अवस्थामा अमेरिकी सेना ठूलो सैन्य कारबाहीका लागि तयार रहेको उल्लेख गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports