विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

फ्रान्सलाई २-० ले पराजित गर्दै स्पेन १६ बर्षपछि विश्वकपको फाइनल प्रवेश

156
shares

काठमाडौं । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा स्पेनले उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सलाई २–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

सन् २०१० को विश्वकप विजेता स्पेनले १६ वर्षपछि दोस्रोपटक विश्वकपको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

डलास रंगशालामा भएको खेलमा स्पेनले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्‍यो । खेलको २२ औं मिनेटमा पेनाल्टीमार्फत मिकेल ओयार्जाबलले स्पेनका लागि पहिलो गोल गरे भने दोस्रो हाफको ५८ औं मिनेटमा पेड्रो पोरोले गोल गर्दै टोलीको जित पक्का गरे ।

दुई गोलको अग्रता लिएपछि स्पेनले खेलमा पूर्ण नियन्त्रण कायम राख्यो र अन्त्यसम्म सोही अग्रतालाई जोगाइराख्यो । र यस जितसँगै स्पेनले फाइनलमा आफ्नो स्थान पक्का गर्‍यो । अब स्पेनले फाइनलमा इंग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports