गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

देशभरका चिकित्सकले आन्दोलन जारी राखिरहेका बेला स्वास्थ्य मन्त्रालयको ओपीडी सेवा बन्द नगर्न आग्रह

117
shares

काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र दुर्व्यवहारको घटनापछि देशभरका चिकित्सकले आन्दोलन जारी राखिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल तथा ओपीडी सेवा बन्द नगर्न आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीले मन्त्रालयले अस्पताल बन्द गर्न नभनेको स्पष्ट गर्दै केही स्थानमा सेवा सञ्चालन भइरहेको र स्वास्थ्य सेवा निरन्तर प्रवाह हुनुपर्नेमा जोड दिए ।मन्त्रालयले विज्ञप्तिमार्फत अस्पताल तथा स्वास्थ्य सेवा अवरुद्ध नगर्न अपिल गरिसकेको छ । चिकित्सकहरूको आन्दोलनलाई संवादमार्फत समाधान गर्ने प्रयास भइरहेको अधिकारीले बताए ।डा. अधिकारीका अनुसार स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिव तथा मन्त्रालयका उच्च अधिकारीहरू चिकित्सकका प्रतिनिधि, स्थानीय प्रशासन र सम्बन्धित निकायसँग निरन्तर सम्पर्क र समन्वयमा छन् ।

विशेषगरी घटनास्थल वीरगञ्जमा स्थानीय प्रशासन, अस्पताल व्यवस्थापन र चिकित्सकबीच पटक–पटक वार्ता भएको तथा त्यसकै आधारमा समाधान खोज्ने प्रयास भइरहेको उनले जानकारी दिए ।स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. अनुज भट्टचन वीरगञ्ज पुगेर अस्पताल प्रशासन, चिकित्सक र अन्य सरोकारवालासँग छलफल गरेको तथा प्रमुख जिल्ला अधिकारीले स्थानीय तहमा समन्वय गरिरहेको बताए ।मन्त्रालयले काठमाडौंबाट समेत निरन्तर फोन र औपचारिक छलफलमार्फत अवस्थाको अनुगमन गरिरहेको उनको भनाइ छ ।प्रवक्ता अधिकारीले घटनामा संलग्न दोषीमाथि कानुनअनुसार कारबाही हुने विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि बताए ।

‘जो दोषी छ, उसलाई कानुनबमोजिम कारबाही हुन्छ। त्यसका लागि आवश्यक समन्वय भइरहेको छ,’ डा. अधिकारीले  भने ।यद्यपि, चिकित्सकका मागप्रति मन्त्रालय संवेदनशील रहे पनि त्यसको असर बिरामीको उपचारमा पर्न नहुने उनको धारणा छ । अस्पताल आमनागरिकको अन्तिम भरोसाको केन्द्र भएकाले आन्दोलनका नाममा स्वास्थ्य सेवा ठप्प पार्न नहुने मन्त्रालयको भनाई छ । ‘चिकित्सकहरूको आफ्नै माग र असन्तुष्टि हुन सक्छ । तर अस्पताललाई आन्दोलनको माध्यम बनाउनु उचित हुँदैन । बिरामीका लागि अस्पताल नै अन्तिम आश्रय हो । स्वास्थ्य सेवा संवेदनशील क्षेत्र भएकाले उपचार सेवा निरन्तर सञ्चालन हुनुपर्छ,’ प्रवक्ता अधिकारीले भने ।मन्त्रालयले संवाद, समन्वय र कानुनी प्रक्रियामार्फत समस्या समाधान गर्ने प्रयास जारी रहेको भन्दै चिकित्सक र सम्बन्धित सबै पक्षलाई संयम अपनाएर स्वास्थ्य सेवा नियमित राख्न पुन: आग्रह गरेको छ ।

नारायणी अस्पतालमा चिकित्सकले भने सामुहिक राजीनामा दिदै आकस्मिक सेवा पनि ठप्प पारेका छन् ।चिकित्सकमाथिको कुटपिट तथा त्यसपछिको घटनामा प्रशासनले दुर्व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) को राजीनामा र चिकित्सकलाई कुटपिट गर्ने सिधैं जेल हाल्नुपर्ने उनीहरुको माग छ ।नेपाल चिकित्सक संघले मंगलबार देशव्यापी रुपमा सेवा नै बन्द गर्न स्वास्थ्य सस्थाकालाई अपिल गरेका छ । जसअनुरुप अधिंकाश स्वास्थ्य सस्थाले आकस्मिक बाहेकका सेवा बन्द गरेका छन् ।

संघका अध्यक्ष डा. बद्री रिजालले सरकार नै संवाद गरेर समाधान निकाल्नुपर्ने बताए । ‘उचित खालको छलफल भएको छैन । चिकित्सकमाथि कुटपिट कदापी सह्य हुँदैन,’ डा. रिजालले भने, ‘ कुटपिट गर्नेलाई जेल नहालेसम्म आन्दोलन रोकिँदैन ।’ चिकित्सक संघले दुई बजे छलफलका लागि पदाधिकारीलाई बोलाएको छ । आन्दोलनलाई कसरी अगाडि लैजाने भन्ने कुरामा छलफल हुने डा. रिजालले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports