गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माइतीघरमा लघुवित्त पिडितको सामूहिक अनसन जारी

169
shares

काठमाडौं । वित्तीय शोषणविरुद्ध काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका लघुवित्त पीडितहरूले आज (बुधबार) पनि प्रदर्शन गरेका छन् ।

देशका विभिन्न भागबाट काठमाडौं आएका पीडितहरूले लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालको आयोजनामा काठमाडौंको माइतीघरमा सामूहिक आमरण अनसनसहित दोस्रो दिन पनि प्रदर्शन गरेका हुन् ।

लघुवित्त संस्थाहरूको चर्को ब्याजदर, असुलीका नाममा दिइने मानसिक यातना र आर्थिक भारका कारण हजारौं परिवार विस्थापित हुने अवस्थामा पुगेको उनीहरूको भनाइ छ ।

लघुवित्तका कर्मचारीहरूले घरघरमा पुगेर दुःख दिने गरेको र सरकारले पटकपटक वार्ताको आश्वासन दिए पनि माग सम्बोधन नगरेकाले काठमाडौं केन्द्रित आन्दोलन गर्नुपरेको पीडितहरुको भनाइ छ ।पीडितहरूले आफ्ना मागहरू पूरा नभएसम्म घर नफर्कने जनाएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports