इरानी राष्ट्रपतिले भने राजिनामा दिन्न
वि.सं.२०८३ साउन १९ मंगलवार १८:१४
shares

इरानी सञ्चारमाध्यमले राष्ट्रपति मसुद पेजेस्कियानको भिडिओ वक्तव्य जारी गरेको छ, जसमा उनले पदबाट राजीनामा नदिने बताएका छन्।
भिडिओ वक्तव्यमा उनले स्पष्ट रूपमा भनेका छन्, ‘म राजीनामा दिन्नँ र पदमा रहिरहन्छु।’वास्तवमा खामेनी परिवारका नजिकका धर्मगुरु मोहम्मद बागेर खराजीको एक वक्तव्य यस महिनाको सुरुमा इरानी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक गरेको थियो।
त्यसमा खराजीले दाबी गरेका थिए, ‘मोज्तबा खामेनीले भनेका छन्- यदि पेजेस्कियानले फेरि राजीनामा दिए भने हामी उनको राजीनामा स्वीकार गर्नेछौँ।’बीबीसी फारसीका अनुसार यो वक्तव्यले राष्ट्रपतिको राजीनामाबारे व्यापक अनुमान सुरु भएको थियो, जुन उनले अहिले खारेज गरेका छन्।
राष्ट्रपति पेजेस्कियानले आफ्नो सम्बोधनमा सरकार सैन्य बलसँग पूर्ण समन्वयमा रहेको पनि उल्लेख गरेका छन्।एक दिनअघि पेजेस्कियानले भनेका थिए, ‘इरानले आफ्नो सीमाको रक्षा गर्नेछ, तर युद्ध बढाउने मनसाय छैन।’





































