linktrix Long Ad
Salt Trading Long Ad

नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

156
shares

काठमाडौँ । प्रतिनिधि सभाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ बहुमतले पारित गरेको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको विधेयक पारित गरिएको हो ।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले विधेयकको दफा २ (साविकको व्यवस्था जगाउने सम्बन्धी व्यवस्था) लाई निर्णयार्थ प्रस्तुत गरेका थिए । दफाको पक्षमा बहुमत सांसदहरूले ‘हुन्छ’ भनी ध्वनि मत प्रकट गरेपछि सभामुख अर्यालले विधेयक पारित भएको घोषणा गरे ।राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफल हुँदा उक्त विधेयकमा कुनै पनि संशोधन प्रस्ताव नपरेकाले प्रतिवेदनमाथि थप निर्णय गरिरहनु नपरेको सभामुखले सदनलाई जानकारी गराएका थिए ।

विधेयक पारित हुनुअघि सभामुखले विधेयकको प्रस्तावना र नामलाई समेत निर्णयार्थ प्रस्तुत गरेका थिए । यो विधेयक पारित भएसँगै नेपाल विशेष सेवा (गुप्तचरी निकाय) सँग सम्बन्धित २०४२ सालको ऐनका केही महत्वपूर्ण कानुनी व्यवस्थाहरू पुनर्जीवित हुने भएका छन् ।

विशेषगरी राष्ट्रिय सुरक्षा र सूचना संकलनलाई थप प्रभावकारी बनाउन साविकका व्यवस्थाहरूलाई ब्युँताउनु आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports