linktrix Long Ad
Salt Trading Long Ad

पूर्वअर्थमन्त्री कार्की धरौटीमा रिहा

117
shares

काठमाडौं । पूर्व अर्थमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले उनलाई १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । थुनछेक आदेशका लागि सोमबार उनी विशेष अदालतमा उपस्थित भएका थिए।

न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले कार्कीसँग १५ लाख धरौटीमा छाड्न आदेश गरेको हो।अख्तियारले ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो दाबी गरेको छ।

विमानस्थल निर्माणको क्रममा मूल सम्झौताको प्रावधान विपरीत ठेकेदार कम्पनीलाई कर छुट दिएर आर्थिक अनियमितता गरेको आरोप छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports