linktrix Long Ad
Salt Trading Long Ad

सिरियाको अदालतले अपदस्थ पूर्वराष्ट्रपति बशर अल असदलाई युद्ध अपराध र मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै मृत्युदण्डको फैसला सुनाए

182
shares

काठमाडौं । सिरियाको अदालतले अपदस्थ पूर्वराष्ट्रपति बशर अल असदलाई युद्ध अपराध र मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ।

डिसेम्बर २०२४ मा आफ्नो शासन ढलेपछि असद परिवारसहित दमास्कसबाट भागेर मस्को पुगेका थिए। यससँगै उनको परिवारको पाँच दशक लामो सत्तामाथिको पकड अन्त्य भएको थियो।यसै मुद्दामा अदालतले असदका नातेदार तथा दक्षिणी सिरियाको दारा प्रान्तमा राजनीतिक सुरक्षाका पूर्व प्रमुख आतेफ नजीबलाई पनि मृत्युदण्ड सुनाएको छ। न्यायाधीशले फैसला सुनाउँदा उनी अदालतभित्र एउटा पिँजडामा राखिएका थिए।

दारालाई असद शासनविरुद्धको विद्रोह सुरु भएको स्थानका रूपमा लिइन्छ।सन् २०११ को मार्चमा सरकारविरोधी भित्ते लेख लेखेको आरोपमा केही किशोरलाई पक्राउ गरी यातना दिइएको घटनाले दारा सहरमा विरोध प्रदर्शन सुरु भएको थियो। सुरक्षा बलले ती प्रदर्शनमाथि हिंसात्मक दमन गरेको थियो। ५ दशकभन्दा बढी समय सिरियामा शासन गरेको असद शासनसँग सम्बन्धित अधिकारीहरूमाथि सिरियाको अन्तरिम सरकारले यसै वर्षको सुरुदेखि मुद्दा चलाउन थालेको हो।नजीब मुद्दा चलाइएका उच्च तहका अधिकारीमध्ये एक हुन्।

उनलाई  बालबालिकाको जानाजानी हत्या र मृत्यु हुने गरी यातना दिएको लगायतका अपराधमा दोषी ठहर गरिएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports