२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध हुँदै आएका औषधिको सूची परिमार्जन

806
shares

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध हुँदै आएका औषधिको सूची परिमार्जन गरेको छ । स्वास्थ्य बीमा बोर्डले नयाँ सुविधा थैली लागु गर्दै बीमामार्फत उपलब्ध हुने औषधिको संख्या घटाएको हो ।

यससँगै अब स्वास्थ्य बीमा कार्यक्रमबाट १ हजार १०२ प्रकारका औषधि उपलब्ध हुनेछन् ।बोर्डका सुचना अधिकारी विकेश मल्लका अनुसार यसअघि बीमा कार्यक्रमअन्तर्गत १ हजार २८९ प्रकारका औषधि उपलब्ध हुँदै आएका थिए । नयाँ सूचीअनुसार १८७ प्रकारका औषधि हटाइएपछि औषधिको संख्या १ हजार १०२ मा झरेको हो ।

मल्लका अनुसार औषधिको संख्या घटाउनुको मुख्य कारण एउटै प्रकृतिको उपचारमा प्रयोग हुने औषधिको दोहोरोपन हटाउनु, सरकारले आधारभूत स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क उपलब्ध गराउने औषधि अलग गर्नु र नेपालमा प्रयोगमा नरहेका वा नियामक निकायबाट हटाउन सिफारिस भएका औषधिलाई सूचीबाट हटाएको हो ।आधारभूत स्वास्थ्य सेवाअन्तर्गत सरकारले स्वास्थ्य संस्थाबाट निःशुल्क उपलब्ध गराउँदै आएका केही औषधि पनि बीमा कार्यक्रमको सूचीमा समावेश थिए । एउटै औषधि सरकारले निःशुल्क उपलब्ध गराउने र स्वास्थ्य बीमाबाट समेत भुक्तानी हुने अवस्था रहेकाले त्यस्तो दोहोरो व्यवस्था हटाइएको हो ।

‘आधारभूत स्वास्थ्य सेवाबाट सरकारले निःशुल्क दिने केही औषधि पनि बीमा सूचीमा थिए । त्यसलाई बीमाबाट पनि निरन्तरता दिँदा दोहोरोपन हुने भएकाले हटाइएको हो,’ मल्लले भने ।बोर्डले नयाँ सुविधा थैली ३० असारको बोर्ड बैठकबाट स्वीकृत गरेको थियो । स्वीकृत नयाँ व्यवस्था ५ साउनदेखि कार्यान्वयनमा आइसकेको छ ।

औषधिको संख्या घटाइएको भए पनि यसले बीमित नागरिकले पाउने उपचार सुविधामा ठूलो असर नपर्ने बोर्डको दाबी छ ।‘औषधि घटाउँदैमा बीमित नागरिकलाई उपचारबाट वञ्चित हुँदैन । प्रयोगमा नआएका वा एउटै प्रकृतिमा काम गर्ने औषधिको दोहोरोपन हटाइएको हो । वैकल्पिक औषधिबाट उपचार व्यवस्थापन गर्न सकिने भएकाले सेवाग्राहीलाई प्रत्यक्ष प्रभाव नपर्ने गरी सूची परिमार्जन गरिएको हो,’ मल्लले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports