linktrix Long Ad
Salt Trading Long Ad

ग्लोबल आइएमई बैकको नाइमा विषेश अफर, न्यूनतम ५•२५ प्रतिशत ब्याजदरमा नै अटोलोन

169
shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ।

यस योजनाअनुसार एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थप गरी कर्जा प्राप्त गर्न सक्नेछन्। जसअनुसार हालको आधारदरका आधारमा न्यूनतम ५.२५ प्रतिशत ब्याजदर कायम हुनेछ। बैंकको आधारदरमा हुने उतारचढाव अनुसार यो कर्जाको ब्याजदर पनि स्वतः समायोजन हुने बैंकले जनाएको छ।साथै, नयाँ विद्युतीय गाडी (इभी) खरिदकर्ताका लागि बैंकले ३ वर्षसम्मका लागि ५.९९ प्रतिशतको स्थिर (फिक्स्ड) ब्याजदर योजना ल्याएको छ। ३ वर्ष पूरा भएपछि भने बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी ब्याजदर निर्धारण गरिनेछ।

एक्सपोस्थलमै स्टलमार्फत इच्छुक ग्राहकहरूका लागि कर्जा प्रक्रिया अगाडि बढाउने र आवेदन दिने व्यवस्था मिलाइएको छ। आवश्यक सम्पूर्ण कागजात पुरा भएपछि बैंकले अधिकतम तीन दिनभित्रै कर्जा स्वीकृतिपत्र प्रदान गर्नेछ।आधुनिक प्रविधि र उत्कृष्ट सेवाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सम्मानित हुँदै आएको यस बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’ का साथै सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि जितिसकेको छ। यस्तै, युरोमनी अवार्ड फर एक्सलेन्स (२०२२, २०२४, २०२५) र बेष्ट बैंक ईएसजी नेपाल २०२४ जस्ता प्रतिष्ठित पुरस्कारहरू पनि प्राप्त गरेको छ।

मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने पहिलो निजी वाणिज्य बैंक ग्लोबल आइएमईले हाल ३४१ शाखा, ३६६ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ। यसका साथै अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायतका देशहरूबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याएर बैंकले राष्ट्रिय अर्थतन्त्रमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports