यहि भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले गर्दा नेपाल र नेपाली जनताको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सम्पत्ति शुद्धीकरणको आरोप लागेका दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश

676
shares

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको आरोप लागेका दुई व्यक्तिलाई थुनामा राख्न आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउन आदेश दिएको हो ।सम्पत्ति शुद्धीकरणको पहिलो मुद्दामा थुनामा रहेका उनीहरूलाई बुधबार अर्को मुद्दामा विशेष अदालतमा उपस्थित गराइएको थियो ।

दुवैजनाको बयान र थुनछेक बहसपछि विशेष अदालतले उनीहरुलाई थुनामा पठाउने आदेश गरेको हो ।पूर्वअर्थमन्त्री विष्णु पौडेललाई प्रतिवादी बनाइएको सम्पत्ति शुद्धीकरणको दोस्रो मुद्दामा भट्ट र अग्रवाललाई पनि मुद्दा चलाइएको थियो ।

पौडेललाई साधारण तारिखमा छाड्न आदेश दिएको विशेष अदालतले अरु दुईजना आरोपितलाई थुनामा पठाउन भनेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports