२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कोशी प्रदेशका नेपाली कांग्रेसका मन्त्रीहरूले दिए राजिनामा

546
shares

कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । कांग्रेसका ४ मन्त्री र १ राज्यमन्त्रीले बुधबार राजीनामा दिएका छन् ।

राजीनामा दिने कांग्रेसका मन्त्रीहरूमा भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाकार विकास मन्त्रालयकी राज्यमन्त्री शोभा चेम्जोङ रहेका छन् ।

उनीहरूले बुधबार बसेको मन्त्रिपरिषद् बैठकको समापनपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका हुन् ।केन्द्रमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच गठबन्धन गर्न साउन दोस्रो हप्तामा तीन बुँदे सहमति भएपछि कांग्रेस प्रदेश सरकारबाट बाहिरिएको हो ।

कांग्रेस र एमालेबीच भएको सहमतिपछि दोस्रो पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दा २०८२ पुस २२ गते उनीहरू मन्त्री नियुक्त भएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports