२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बोडेको होल्डिङ सेन्टरमा रहेका एक सुकुम्बासीले गरे आत्महत्या

858
shares

काठमाडौँ– भक्तपुरको बोडेस्थित कृषि विकास तालिम केन्द्रमा राखिएका एक सुकुम्वासी झुण्डिएको अवस्थामा मृत भेटिएका छन्।

उनको परिवारलाई राखिएको कोठामा बिहीबार बिहान पंखामा झुण्डिएको अवस्थामा भेटिएको ५७ वर्षीय हिरालाल पासवान मृत भेटिएको भक्तपुर प्रहरी परिसरका प्रवक्ता दीपककुमार कार्कीले जानकारी दिए।

बिहान १० बजे प्रहरीले उनको शव उठाएको थियो। बोडेमा २३ परिवारका ६७ जना सुकुम्वासीलाई राखिएको छ।यसअघि पनि थापाथली र बल्खुमा गरी दुई जना सुकुम्वासीले आत्महत्या गरेका थिए।

सरकारले वैशाख १२ गते काठमाडौँका खोला किनारमा डोजर चलाएपछि सुकुम्वासीको बिचल्ली भएको छ। १५ दिनमा उठिबास बनाइएका सुकुम्वासीलाई व्यवस्थापन गर्ने भनेको सरकारले चार महिनासम्म सुकुम्वासी व्यवस्थापन भन्दा बिचल्ली भएको छ।

अझै १ सय १३ परिवारका २ सय ६३ जना भने अझै होल्डिङ सेन्टरमै रहेका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports