linktrix Long Ad
Salt Trading Long Ad

बरिष्ट पत्रकार किशोर श्रेष्ठलाई भेटन परिवार र वकिललाई पनि प्रहरीले भेट्न दिएन

195
shares

काठमाडौं । वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई भेट्न पुगेका कानुनी प्रतिनिधि, परिवारका सदस्य तथा पत्रकारसम्बद्ध विभिन्न संघ–संगठनका पदाधिकारीलाई प्रहरीले भेट्न रोक लगाएको छ ।

श्रेष्ठलाई भेट्न अधिवक्ता टिकाराम भट्टराईसहितका कानुन व्यवसायी जिल्ला प्रहरी परिसर पुगे पनि प्रहरीले तत्काल भेटघाटको अनुमति नदिएको जनाइएको हो । भेटका लागि पुगेका उनकी श्रीमतीलाई समेत प्रहरीले श्रेष्ठसँग सम्पर्क गर्न नदिएको बताइएको छ ।

श्रेष्ठसँग भेट गर्न प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरी, महासचिव मनोज घर्ती तथा नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेललगायत पत्रकार संगठनका प्रतिनिधि प्रहरी कार्यालय पुगेका थिए । उनीहरूलाई पनि प्रहरीले श्रेष्ठसँग भेट्न रोक लगाएको प्रेस सेन्टरका महासचिव घर्तीले जानकारी दिए ।

यसैबीच, प्रहरीले श्रेष्ठको निवास तथा कार्यालयबाट ल्यापटपलगायत केही विद्युतीय सामग्री नियन्त्रणमा लिएको छ । घटनाप्रति पत्रकारसम्बद्ध संगठनहरूले आपत्ति जनाउँदै श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरेका छन् । श्रेष्ठको पक्राउको विरोधमा नेपाल पत्रकार महासंघसहितका संघ–संगठनले काठमाडौं प्रहरी परिसरअगाडि धर्ना तथा विरोध प्रदर्शनसमेत गर्दै आएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports