linktrix Long Ad
Salt Trading Long Ad

बागमती प्रदेशमा एमाले संसदीय दलको नेताको बिवाद, समाधानका लागि दिइयो दुई विक्ल्प

156
shares

मकवानपुर । बागमती प्रदेशमा नेकपा एमाले संसदीय दलमा देखिएको विवाद टुङ्ग्याउन शीर्ष नेताहरूले दुई वटा विकल्प दिएका छन् ।

मंगलबार भएको बागमती प्रदेशका एमाले सांसदहरूसहितको छलफलमा विवाद समाधान गर्न ती विकल्पहरू दिइएको हो ।हेटौँडाको स्मारक होटलमा बिहानैदेखि बसेको बैठकमा एमाले बागमती प्रदेश इन्चार्ज महेश बस्नेत, उपत्यका इन्चार्ज राजन भट्टराई, प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल, बागमती संसदीय दलका नेता जेएन थपलिया, मुख्यमन्त्रीका दाबेदार किरण थापा, केशवप्रसाद पोखरेललगायत नेताहरू सहभागी थिए ।

हाल एमाले बागमती प्रदेशको संसदीय दलको नेता जेएन थपलिया छन् तर किरण थापाले नयाँ बन्ने सरकारमा मुख्यमन्त्री दाबी पेस गरेपछि विवाद देखिएको हो। बैठकमा सहभागी एक नेताका अनुसार शीर्ष नेताहरूले हाल संसदीय दलमा देखिएको विवाद समाधान गर्न नेताहरूले दुई विकल्प दिएका छन् ।‘पहिलो दलको नेता परिवर्तन नगर्ने तर मुख्यमन्त्री किरण थापालाई बनाउने । दोस्रो, अर्को आधा–आधा कार्याकाल संसदीय दलको नेतासहित मुख्यमन्त्री बन्ने,’ ती नेताले भने ।

उनले भने, ‘शीर्ष नेताहरूसँगको बैठक बल्ल सकियो । अब संसदीय दलको बैठक बसेर यी दुई विकल्पमाथि छलफल हुनेछ।’सरकारबारे छलफल गर्न पार्टीले बिहान ११ बजे संसदीय दलको बैठक पनि बोलाएको थियो । तर, शीर्ष नेताहरूसँगको छलफलका कारण सो बैठक अहिलेसम्म सुरु हुन सकेको छैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports