२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेस विभाजित हुने नै भो त ?

377
shares

 

काठमाडौ । नेपाली कांग्रेसको आगामी असोज ३ गतेबाट सुरु हुने महाधिवेशनमा सहभागि हुन १४ औँ महाधिवेशनबाट केन्द्रीय समितिको सदस्यमा चुनिएका सबैलाई विशेष महाधिवेशनबाट आएका सरह सबैलाई केन्द्रीय समितिमा मनोनय गर्ने निर्णय गरेको छ । कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको भाद्र २८ गते बसेको बैठकले सो निर्णय गरेको हो । सो निर्णयपछि पनि कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा लगायतका अन्य केही व्यक्तिहरु सहमत भएका छैनन् भने शेखर कोइराला भने दुवै पक्षमा नरहेर कांग्रेस पुन एकजुट हुनुपर्ने पक्षमा उभिएका छन् ।
मुलुकको सबैभन्दा पुरानो पार्टी कांग्रेस संकटको भूमरीमा पर्दा लोकतन्त्रमाथि नै घात हुन सक्ने सम्भावना बढेको छ । २०८२ भाद्र २३ गते जेनजीहरुले गरेको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४ गते मुलुकभर मै विध्वसात्मक कार्य गरेका थिए । त्यसबेला सिंहदरबार, सर्बोच्च, अदालत, संसदभवन, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको सरकारी निवास लगायत केही व्यावसायिक भवन र पुराना दलका शिर्ष नेताहरुका घर छानीछानी आगलागी गरिएको थियो । त्यसबेला पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी ओली लगायत धेरै नेताहरुका घर ध्वस्त बनाइएका थिए आफ्ना निवासमा बसिरहेका देउवा दम्पत्तिलाई त्यसबेला आन्दोलनकारीहरुले कुटपिट समेत गरेका थिए ।
आफूमाथि कुटपिट भएपछि देउवा दम्पत्ति स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए । सिंगापुर र हङकङ्गमा उपचारपश्चात् दउवा काठमाडौ फर्किएर फेरी राजनीतिमा सक्रिय भएका छन् । उनी स्वास्थ्य उपचारमा रहेकै बेला गगन थापा पक्षले विशेष महाधिवेशन गरेर थापा आफैँ सभापति बनेका थिए ।
त्यसबेला शेखर कोइराला लगायतका प्रकाशमानसिंह, कृष्ण प्रसाद सिटौला, शशांक कोइराला लगायत दर्जनौँ नेताले विशेष महाधिवेशनलाई स्वीकार गरेका थिएनन् भने देउवाले कार्यवहाक सभापति बनाएका पूर्ण बहादुर खड्काले समेत विशेष महाधिवेशन स्वीकार गरेका थिएनन् तर अहिले थापा पक्षले १४ औँ महाधिवेशनमा केन्द्रीय समितिमा रहेका सबैलाई १५ औँ महाधिवेशनको आयोजक समितिमा केन्द्रीय समितिमा राख्ने निर्णय गरेपछि देउवा शेखर कोइराला लगायत केही नेताहरु थापाको नेतृत्वमा नजाने भएपछि नेपाली कांग्रेस विभाजन हुन सक्ने सम्भावना बढेको छ ।
मुलुक अप्ठ्यारो अवस्थामा रहेको बेला लोकतान्त्रिक पार्टी विभाजित हुनु भनेको लोकतन्त्रमाथि नै संकट आउनु हो त्यसैले कांग्रेस विभाजनको हुनु भनेको लोकतन्त्र र नेपाली जनतामाथि नै घात हुनसक्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports