प्रधानमन्त्री बालेनले राष्ट्रसंघमा उठाए, नेपालका समस्या
समाधान होलान् त ती मुद्दाहरु ?
वि.सं.२०८३ असोज १५ बिहीवार ११:४५
shares

२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका व्यक्तिहरु नै अहिले सत्तामा पुगेका हुनाले उनीहरुले भाद्र २४ गते भएको विध्वसात्मक कार्यको नामसम्म उचारण गर्न चाहिरहेका छैनन् । भाद्र २३ र २४ गतेको घटनाकै कारण मुलुक संकटको घेरामा फसेको थियो । त्यही घटनाले गर्दा तत्कालिन केपी ओली नेतृत्वको सरकार ढल्न पुग्यो भने असम्वैधानिक ढँगले संसद विघटन गरेर सर्बोच्च अदालतकी पूर्व प्रधानन्यायाधिश सुशिला कार्कीलाई संविधान विपरित प्रधानमन्त्रीमा नियुक्त गरियो । संसद विघटन र कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिनु दुवै असम्वैधानिक कार्य थिए ।
२०८२ भाद्र २७ गते सुशिला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि उनैको सिफारिसमा संसद विघटन गर्दै राष्ट्रपतिले २०८२ फागुन २१ गते संसदको निर्वाचन गर्ने घोषणा गरेका थिए । सो घोषणनुसार २०८२ फागुन २१ गते संसदको निर्वाचन भयो, निर्वाचनमा रास्वपामा प्रवेश गरेर भाद्र २३ र २४ गतेको विध्वसात्मक कार्यमा संलग्न रहेका व्यक्तिहरुले जित हाँसिल गरे । रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी, सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका थिए । उनलाई भाद्र २३ गते जबर्जस्ती थुनामुक्त गरियो । त्यसरी थुनामुक्त गर्नेहरु र भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शनमा पानी बाँड्न आएको बताउने सुधन गुरुङ र तत्कालिन काठमाडौ महानगर मेयर बालेन साह लगायतका आन्दोलनमा सहभागि भएका प्राय सबै व्यक्तिहरु रास्वपामा प्रवेश गरे । रास्वपाले उनीहरु सबैलाई फागुन २१ गतेको संसदको निर्वाचनमा टिकट दिएको थियो । त्यसरी टिकट पाउनेहरु मध्येका बालेन साहका निकटहरु सुधन गुरुङका निकटहरु र भाद्र २४ गतेको विध्वसात्मक कार्यमा सहभागि हुनेहरु प्रायः सबै उम्मेदवार रहेका र उनीहरु प्रायःसबै निर्वाचित भएका थिए । अहिले उनीहरु नै सत्तामा रहेकाले उनीहरुले बालेन साहलाई भागवण्डा मान्न थालेका छन् । बालेन साह २०८२ चैत्र १३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएकै दिन उनले मन्त्रिपरिषद्को पहिलो बैठकबाटै तत्कालिन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने निर्णय गरेर प्रतिशोधको राजनीति सुरु गरेका थिए तर ओली र लेखकलाई पक्राउ गर्नुपर्ने कारण अदातललाई दिन नसकेको हुनाले ओली र लेखक अदालतको आदेशमा जेलमुक्त भएका थिए । यसरी रास्वपा नेतृत्वको बालेन साहलाई पहलिो गासमै ढुँगा लागेको थियो ।
बालेन साह प्रधानमन्त्री बनेको ६ महिना पूरा भएको छ । तरपनि प्रतिशोधको राजनीति समाप्त भएको छैन । प्रधानमन्त्रीले नै स्टाटसमार्फत विपक्षी दलका नेता तथा कार्यकर्ताहरुलाई अनेक प्रकारका आरोप लगाउँदै स्टाटस लेख्ने गरेका हुनाले रास्वपा समर्थक र बालेन समर्थकहरुले समेत त्यस्तै गाली गलौज स्टाटसमार्फत गरिरहेका छन् । पछिल्लो समयमा रास्वपा र बालेन सरकारको विरोधमा सडक आन्दोलन समेत हुन थालेपछि रास्वपा र बालेन समर्थकहरुले विरोधीहरुलाई तथानाम गाली गलौज गर्न थालेका छन् । मानौँ बालेन साह उनीहरुका लागि भगवान् नै भए । तर उनीहरुलाई के थाहा अति भएपछि खती हुन्छ भनेर । बालेन साह हालै संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा पुगेर उनले महासभालाई सम्बोधन गरेका थिए । उनले सम्बोधन गर्दा नेपालका प्राय सबै समस्याहरु उठाएका छन् । त्यसका लागि उनी धन्यवादका पात्र बनेका छन् । तर उनका समर्थक र रास्वपाका समर्थकहरुले बढाई चढाई गरेर प्रधानमन्त्री बालेनलाई भगवान् बनाउने प्रयास गरेका छन् । बालेनले महासभालाई सम्बोधन गर्दा अन्य देशका धेरै प्रतिनिधिहरु सभाहल बाहिर गएका थिए भने झण्डै एक तिहाई प्रतिनिधिहरुमात्र सभाहलमा रहेका थिए । प्रधानमन्त्री बालेनले नेपालले पहिला नै परराष्ट्र मन्त्रालयले तयार पारेको राष्ट्रसंघमा पठाएको वक्तव्यलाई सम्बोधन गरेका हुन् । उनले लिखित सम्बोधन बाहेक अन्त्यमा पशुपतिनाथले रक्षा गरुन् र बुद्धको बाटो हिडौँ भन्नु बाहेक अन्य केही उद्घोष गरेका थिएनन् ।
परराष्ट्र मन्त्रालयले तयार पारि राष्ट्रसंघमा पठाएको पत्रको कपी महासंघमा भाग लिन आएका प्रतिनिधिहरुलाई पहिला नै वितरण गरिएको हुन्छ । भाषणलाई डिस्प्लेमा देखाईको हुन्छ तर बालेन भक्तहरुले उनलाई महान् व्यक्ति भएको भन्दै एआईको सहयोगमा अनेक प्रकारका नौटंकी गर्नु आफैँमा हास्यास्पद रहेको हुनाले त्यसले गर्दा नत बालेनलाई सहयोग पुग्छ नत राष्ट्रलाई नै भन्ने हामीले ठानेका छौँ ।



































