२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अन्धभक्त हुनु भनेको दास हुनु नै हो

715
shares

 

काठमाडौ । समयले मानिसलाई कसरी उचाल्छ र पछार्छ भन्ने प्रमाण त धेरै पहिलादेखि नै देखिँदै आएका छन् । कसैलाई उचाल्न निकै समय खर्चिनुपर्ने हुन्छ तर कसैलाई खसाल्न विपक्षीहरुको आवश्यकता नै पर्दैन । आवश्यकताभन्दा बढी उचालिदिए पुग्छ । बास्तविकता भन्दा ठूलो बनाईदिए पुग्छ जब वास्तविकता त्यो छविसँग मेल खाँदैन त्यसबेला त्यो ताली नै ट्रोलमा बदलिन थाल्छ ।
पछिल्लो समयमा प्रधानमन्त्री बालेन साह आफ्नै अन्धभक्तहरुको अतिरन्जित प्रचारबाजी र बाहवाहीका कारण पछिल्लो समयमा आलोचना र ट्रोलको पात्र बन्न थालेका छन् । उनीहरुकै कारण प्रधानमन्त्री बालेनको वजन घट्न थालेको चर्चा समेत यतिबेला चल्न थालेको छ । बालेनका अन्धभक्तहरुले उनलाई यतिधेरै उचालेकी जनतामा बालेनप्रति असाधारण अपेक्षा पैदा भयो । अतिरञ्जित प्रचारवाजी नै चलाइयो ।
विश्वले बालेनलाई नेपालको मात्र होइन विश्वकै नेताका रुपमा हेरिरहेको र उनलाई हेर्न र भेट्न विश्व नै व्यग्र प्रतिक्षामा रहेको र विश्वमै उनको आक्रामक क्रेज रहेको तथा उदाउँदो चतुर राजनीतिका र असाधारण मास्टर माइण्ड भएको र्दुलभ नेता भन्ने किसिमले अतिरञ्ञित भ्रम फैल्याइयो । तर वास्तविकतामा बालेनको त्यो छवि मेल खाँदैन । ताली नै विस्तारै ट्रोलमा बदलिन थाल्छ र त्यसबेला बालेनका अन्धभक्तहरु भन्न थाल्छ पुराना दलहरुले बालेनलाई काम गर्न दिएनन् भनेर ।
काठमाडौबासीले बालेनको काम गराई, सोँच, विचार उनी मेयर हुँदै देखिसकेका छन् । उनी कसैलाई गन्दैनन् आफ्ना अन्धभक्तबाहेक अरुलाई भेट्दैनन् । राजनीतिज्ञमा हुनुपर्ने धेरै गुणहरु बालेनमा देखिँदैन । आफ्ना विपक्षीहरुलाई सम्मान गर्न सक्दैनन् र त्यही कारणले गर्दा उनका अन्धभक्तहरु सामाजिक सञ्जालमा रमाउन थालेका छन् ।
सामाजिक सञ्जालमै बालेन सरकार रमाउन थालेका हुनाले उनको अन्धभक्तहरुले पनि त्यसै गर्न थालेका हुन् । राजनीतिज्ञहरुले समर्थक र विपक्षी को भनेर छुटाउने होइन सबैलाई समान व्यवहार गर्नुपर्ने आवश्यकता हुन्छ । अहिले रास्वपाको बहुमत रहेको भएपनि त्यो सँधैभरीका लागि होइन र बालेन पनि सँधैभरिका लागि प्रधानमन्त्री होइनन भन्ने हेक्का बालेनका अन्धभक्तहरुले समयमै बुझ्नु आवश्यक छ । आवश्यकताभन्दा बढी अन्धभक्त हुनु भनेको दास हुनु नै हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports