२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निजामती कर्मचारीहरूले प्रदर्शन र हडताल गर्न नपाउने व्यवस्था प्रस्ताव

78
shares

काठमाडौँ । सरकारले ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा निजामती कर्मचारीहरूले प्रदर्शन र हडताल गर्न नपाउने व्यवस्था प्रस्ताव गरेको छ । विधेयकको दफा ८३ मा कर्मचारीहरूले सरकारी काममा बाधा पुर्‍याउने कुनै पनि कार्य गर्न नपाउने स्पष्ट पारिएको छ ।

विधेयकको दफा ८३ (१) अनुसार निजामती कर्मचारीले कुनै पनि प्रकारको प्रदर्शन गर्न, बन्द–हडतालमा भाग लिन, थुनछेक, बाधा’अवरोध, घेराउ वा दबाब दिन पाउने छैनन् । साथै, कलम बन्द गर्ने, तालाबन्दी गर्ने वा अन्य कुनै पनि तरिकाबाट सरकारी कामकाजमा अवरोध पुर्‍याउने वा सो कार्यका लागि अरूलाई उक्साउने कार्य पूर्णतः निषेध गरिएको छ ।

यदि कुनै कर्मचारीले यस दफाको विपरीत कार्य गरी सार्वजनिक, सरकारी वा निजी सम्पत्तिमा क्षति पुर्‍याएमा वा कुनै पदाधिकारीलाई शारीरिक वा मानसिक क्षति पुर्‍याएमा त्यस्ता कर्मचारीलाई विभागीय कारबाही गरिने प्रस्ताव विधेयकमा गरिएको छ । साथै, तोकिए बमोजिमको क्षतिपूर्ति समेत सम्बन्धित कर्मचारीबाटै भराइने कानुनी प्रावधान विधेयकमा राखिएको छ ।

विधेयकको दफा ८३ (३) मा निजामती कर्मचारीले आफ्नो नियमित कार्यसम्पादनका विषयमा आफूलाई केन्द्रमा राखेर अतिशयोक्तिपूर्ण प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरिएको छ । यद्यपि, सम्पादित कार्य र असल अभ्यासहरू जन साधारणलाई जानकारी गराउन भने यस व्यवस्थाले कुनै बाधा नपुर्‍याउने विधेयकमा लेखिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports