मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप १ दिन हिरासतमा राख्न अनुमति
वि.सं.२०८३ असोज १५ बिहीवार १७:०४
shares

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप १ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतले साइबर ब्युरोलाई थप एक दिन अनुसन्धान गर्न अनुमति दिएको हो ।
प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले उनलाई उपस्थित गराउन आदेश दिएको थियो ।प्रसाईंलाई असार १२ मा साइबर ब्युरोले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीको आधारमा प्रहरीले उनलाई विद्युतीय अपराध ऐन सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
प्रसाईंले युट्युबमार्फत छोराको शवसँग सांसद पद साटेको भन्दै अपमानजनक टिप्पणी गरेका थिए ।





































