२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पत्रकार महासङ्घको पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति आपत्ति

442
shares

काठमाडौँ । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सत्तासीन दल राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कलाकार हिमेश पन्तले दिएको उजुरीका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो ।पन्तले धादिङमा छिमेकीको १० रोपनी जग्गा हडपेको विषयमा जनआस्था साप्ताहिकमा समाचार प्रकाशित भएको थियो । सोही समाचारको विषयमा परेको उजुरीलाई लिएर वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सन्तोष खड्कासहितको प्रहरी टोलीले आज श्रेष्ठलाई ललितपुरको नख्खुस्थित निवासबाट पक्राउ गरेको हो ।

समाचारमा चित्त नबुझेका विषय भए प्रचलित र स्थापित विधिअनुरूप समाधान नखोजी साइबर ब्युरोमार्फत पक्राउ गर्नु प्रेस स्वतन्त्रता र संविधानविपरीत रहेको महासङ्घको ठहर छ । यो घटनाले लोकतान्त्रिक मूल्य–मान्यता र स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतालाई खिल्ली उडाउने काम गरेको महासङ्घले जनाएको छ ।प्रेस काउन्सिल नेपालको क्षेत्राधिकार समेत मिचेर राज्यसत्ताको आडमा भएको यो स्वेच्छाचारी शैलीप्रति खेद प्रकट गर्दै महासङ्घले कडा भर्त्सना गरेको छ ।

महासङ्घले प्रेस विरोधी यस्ता व्यवहार सच्याउन तथा पत्रकार श्रेष्ठलाई बिनासर्त तत्काल रिहा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । साथै, समाचारको विषयमा असमझदारी भए सम्बन्धित निकायमार्फत समाधान खोज्न सम्बद्ध पक्षलाई सचेत गराउँदै आफ्‌नो क्षेत्राधिकारको विषयमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रेस काउन्सिल नेपाललाई आग्रह समेत गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports