२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गगन थापाले लिए कांग्रेस सभापतिको शपथ

507
shares

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शनिबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले थापालाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।
शपथ ग्रहण कार्यक्रममा बटुकहरूद्वारा स्वस्ति वाचन गरिएको थियो । सोही कार्यक्रममा निर्वाचन समितिले गगनलाई सभापतिमा निर्वाचित भएको प्रमाणपत्र समेत प्रदान गरेको छ ।

गगन हालै सम्पन्न नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए । गगनले शपथपछि शनिबार नै सभापतिको पदबहाली गर्नेछन् ।  केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको शपथ भने दशैँपछि गर्ने कांग्रेसले जनाएको छ ।  नेपाली कांग्रेसको महाधिवेशनबाट २३१ सदस्यीय समिति निर्वाचित भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports