आइसीसी लिग २ अन्तर्गतको म्याचमा क्यानडाले नेपाललाई २५७ रनको लक्ष्य दियो
वि.सं.२०८३ असोज ३१ शनिवार १६:३९
shares

काठमाडौं । ओमानको अल अमरत क्रिकेट ग्राउण्डमा जारी आइसीसी लिग २ अन्तर्गतको म्याचमा क्यानडाले नेपाललाई २५७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको क्यानाडा ५० ओभरमा २५६ रन बनाएर अलआउट भयो ।
ब्यानाडाका लागि ओपनर युवराज शर्माले उत्कृष्ट शतक प्रहार गरे । उनी ११७ बलमा १०५ रन बनाएर आउट भएका थिए । यो उनको पहिलो एकदिवसीय शतक हो । शर्माले एरोन जोन्सनसँग पहिलो विबेटका लागि ७२ रनको साझेदारी गरेका थिए ।
नेपालका लागि स्पिनर ललितनारायण राजवंशीले घातक बलिङ गर्दै ४ विकेट लिए । उनले १० ओभरमा ३५ रनमात्र खर्चिएका थिए । कप्तान सन्दीप लामिछानेले १०ओभरमा ४९ रन खर्चेर ३ विकेट हात पारे ।


































