स्ट्यान्डर्ड चार्टर्ड बैकले १६ प्रतिशत नगद लाभांश दिने
वि.सं.२०८३ कात्तिक १० मंगलवार १७:२७
shares

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले आफ्ना सेयरधनीलाई १६ प्रतिशतका दरले नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकको ४९४औँ सञ्चालक समितिको बैठकले सेयरधनीलाई १६ प्रतिशतले नगद लाभांश बाड्ने निर्णय गर्दै साधारणसभामा प्रस्ताव गर्ने निर्णय गरेको हो ।
बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई उक्त रकम वितरण गर्ने छ । बैंकले प्रस्ताव गरेको नगद लाभांश अब राष्ट्र बैंकले स्वीकृत गरेको खण्डमा बैंकले आउँदो साधारणसभाबाट पारित गरी वितरण गर्ने जनाएको छ ।





































