सुन प्रतितोला आज २ लाख ८३ हजार २ सय रुपैयाँ कायम
वि.सं.२०८३ कात्तिक ११ बुधवार ११:४४
shares

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ ।
अघिल्लो दिन प्रतितोला २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ९८० रुपैयाँ कायम भएको छ ।




































