नेपाली कांग्रेसको महाधिवेशन समाप्त भएको छ । महाधिवेशले १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

खुल्यो एन्फा कार्यालयको ताला, शुक्रवार १३ गतेकालागि बोलाईयो केन्द्रीय कार्यसमितिको बैठक

182
shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा०को कार्यालयमा लागेको ताला खाोलिएको छ ।

एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का नेतृत्वको बहुमत सदस्यले कार्यालयको ताला चार महिनापछि खोलेका हुन्। कार्यालयको ताला खोलेसँगै बसेको बैठकले कात्तिक १३ गते कार्यसहिति बैठक बोलाउने निर्णय गरेको छ छलफलमा वरिष्ठ उपाध्यक्ष खड्कासहित विराटजंग शाही, दीपक खतिवडा, कुमार केसी, रुपेश अधिकारी, टीका लामा, भरत बुढा थापा, महेन्द्र क्षेत्री, मनिष जोशीलगायत सहभागी थिए।

एन्फाको विधान अनुसार २१ दिन अघि एकतिहाइ बढी सदस्यहरुले एन्फा कार्यसमितिको बैठक आह्वान गर्न माग गर्दा पनि बैठक आह्वान नभएपछि २२ औं दिनमा एन्फा कार्यालयको ताला खोल्दै बैठक बस्ने बिषयमा छलफल भएको एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले जानकारी दिए ।एन्फामाथि लागेको प्रतिबन्ध र नेपालमा फुटबल क्षेत्रमा भइरहेको विवादको निकास दिनुपर्ने आवश्यकता रहेकाले फिफाबाट भएको प्रतिबन्ध, सरकारसँगको सहकार्य, र तहगत निर्वाचनको अवरोधलाई कसरी हटाउने भन्ने विषयमा छलफल गर्ने उद्देश्यका साथै कार्तिक १३ गते बैठक बस्ने उनले बताए ।

उनले १३ गतेको कार्यसमितिको बैठकमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव तथा अन्य सबै कार्यसमिति सदस्यहरूलाई उपस्थित भई नेपाली फुटबलको निकासका लागि एक ठाउँमा बसेर निर्णय गर्न आग्रह गरेका छन् ।बैठकको मुख्य उदेश्य कसैलाई हटाउने वा निषेध गर्ने नभई, नेपाली फुटबलको अवरोध र प्रतिबन्ध हटाएर यसलाई निकास दिनु रहेको उनको भनाइ छ । तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले निलम्वन गरेपछि नेपाली फुटबल क्षेत्र ठप्प छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports