२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रास्वपा र बालेन सरकार, खोई परिवर्तन ?

143
shares
कृषि, पर्यटन, जलश्रोत, श्रम शक्ति, छिमेकीको ठूलो बजार र डेढसय देशमा फैलिएका विशाल नेपाली समाज । यी ६ वटै क्षेत्रमा नेपालसँग पर्याप्त संभावना छ । त्यो सम्भाबना जनता र राष्ट्र किन रित्तो थाल ठटाउने अवस्थामा छ ? न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका कति सुसञ्चालन हुनसके ? जनताले जनादेश दिए, जनबल कायमै छ तर दुई तिहाइको सरकारले नतिजा दिन सकेको छैन । ७ महिना भयो, नतिजा आउँछ भन्ने विश्वास डगमगाएको अवस्था छ । परिवर्तन ल्याउँछु भन्ने रास्वपा र बालेन सरकारकोे कार्यकूशलता किन देखिएको छै ? ह्वाई नेशनस फेल भन्ने एउटा पुस्तक छ । (Why Nations Fail: The Origins of Power, Prosperity, and Poverty, first published in 2012, is a book by Turkish-American economist Daron Acemoglu and British-American economist James A. Robinson, who in 2024 jointly received the Nobel Memorial Prize)
यो पुस्तकमा प्रष्ट लेखिएको छ–कि कुनै मुलुकमा भएको श्रोत साधन उचित ढंगले जनतालाई फाइदा हुने तवरले प्रयोग गर्न सवभन्दा महत्वपूर्ण प्रथम आवश्यकता भनेको उच्चतम आर्थिक प्रतिष्ठान, प्रतिष्ठित नियम विधि स्थापना गर्ने हो । यस कार्यमा रास्वपा र बालेन सरकार सफल हुनसकेको छैन । हिजो पञ्चायतमा खोट थियो, गयो । बहुदलमा खोट थियो, गयो । सबै खोटको कारण राजतन्त्रलाई दिइयो, फालियो । लोकतन्त्र आयो । लोकतन्त्रमा जति खोट इतिहासमै देखिएन र जेनजी बिद्रोह भयो । त्यो विद्रोहपछि परिवर्तन ल्याउन आएको जेनजी सरकारले खोट मेट्न सकेको छैन ।
हो, भ्रष्टाचार घट्यो होला, इमान कायम छ । यतिले मात्र जनताको अपेक्षा पूरा हुँदैन । जनताले जनजीवनमा, राष्ट्रियतामा, सुशासनमा, समृद्धिमा परिवर्तन खोजेका छन् । त्यो दिन सके रास्वपा र बालेन सरकार सफल होला, अन्यथा यी पनि कानै चिरिएका जोगी हुनेछन् ।
देशको परिदृश्य हिजो के थियो आज कस्तोछ, मूल्याङ्कन गरौं– अहिले पनि टोल टोल, गाउँगाउँसम्म मेडिकल पसलहरू फैलिएका छन् । त्यहाँ डाक्टर नभए पनि कम्पाउण्डर अर्थात काम गर्दा गर्दा जानेकाहरू डाक्टर बनेर बसेका छन् र सानो ठूलो जस्तो रोग लागे पनि स्थानीय नागरिक पहिले जाने त्यहीँ त्यही हो । दाँत वा पेट दुखे पनि, ज्वरो वा बान्ता भए पनि, जे भए पनि मेडिकल जानासाथ उसले ओखती दिन्छ, साथमा टनिक पनि भिडाउँछ । कारण ओखतीभन्दा टनिक महँगो र टनिकमा बढी फाइदा हुने रहेछ । धेरै निको हुन्छन्, कतिपय त्यही ओखतीले असाध्य रोग बल्झेर खतीमा पर्छन् । टाढाको अस्पतालभन्दा नजिकको मेडिकल, अहिले पनि चलिरहेकै छ ।
सिंहदरवार गाउँ गाउँ, टोल टोलमा पुगुन् भन्ने सपना ठूलो हो । अस्पताल नजिक होस्, अस्पताल सर्वसुलभ र डाक्टर जुनसुकै बेला भेटियोस् । अस्पताल पुगेर सहज उपचार पाइयोस् । सेवाग्राहीले सहज सेवा पाउन् यो मेरो सपना हो । अस्पताल पुग्न राजधानीका जस्ता अस्तव्यस्त सडक नहोस् । अस्पताल लगेको विरामी जाममा फसेर एम्बुलेन्समै मर्नु नपरोस् । यो मेरो सपना हो ।
हिड्ने सडक अहिलेजस्तो खाल्डाखुल्डी नहोस्, कम्तिमा धुलो र धुवाँ कम उड्ने खालका हुन्  । ७ वर्षदेखि चावेल साँखुको, बल्खु दक्षिणकालीको, कलंकी थानकोट नौबिसेको बाटोजस्तो धुलाम्मे, हिलाम्मे, खाल्डैखाल्टा नहोस् र यो सात वर्षमा धुलो र धुवाले दमको रोगी बनेर हजारौंको मृत्यु भइसकेको छ, यस्तो गैरजिम्मेवार सरकार नहोस्, ज्यानमारा राज्यनीति नहोस्, जनताप्रतिको जिम्मेवारी लिनसक्ने सरकार होस् ।
बालबालिकाले स्कूलदेखि कलेजसम्म, त्यसपछि शिक्षा हासिल गर्न मनलागि फी तिर्नु नपरोस्, प्राविधिक शिक्षा हासिल गर्न भनसुन गर्नु नपरोस्, नेपालमा पढ्न नपाएर विदेशतिर लाग्नु नपरोस् र विदेशतिरै अलमलिएर देश बिर्सने बाध्यतामा नपरून् भन्ने हो । तर के गर्ने देशमा शिक्षा, स्वास्थ्यलगायतका सामान्य आवश्यकताका क्षेत्रमा माफियाकै हैकम छ । बजारदेखि सिंहदरवारसम्म सेटि र सिण्डिकेट छ, कमिशनकै चलखेल छ । कि त माफियाले भनेजति पैसा दिन सक्नुप¥यो, कि विदेशतिर हुइँकिनु प¥यो । आमनागरिकका लागि सरकार छ नै कहाँ र ? सरकार फैलिनुप¥यो । सरकार खुम्चिएकै छ ।
लोकगणराज्यले दिनैपर्ने नागरिकका आधारभूत आवश्यकताका साना सपना पूरा गर्न सरकार ठूला ठूला सपना देखाउँछ । काठमाडौंसम्म केरूङ र रक्सौलबाट रेल जोड्छु भन्छ । राजधानीमा मेट्रो चलाउँछु भन्छ । राजधानीलाई मेट्रो सिटी बनाउँछु, हावाबाट बिजुली निकाल्छु र घर घरमा ग्याँसका पाइपलाइन जोडिदिन्छु भन्छ । थानकोटबाट काभ्रे हुँदै सिन्धुपाल्चोकसम्म मेट्रो चल्छ रे । हिजो पुराना सपना अनेक थिए, आज परिवर्तनकारी सरकारका सपना त्योभन्दा बढी छन् । सात वर्षदेखि सडक साइकल चल्न नसक्ने स्थितिमा छ, एक सरकारबाट ७ सय ६१ सरकार बनेका छन् । यी सरकारहरूमा मन्त्री, सचिव, सहायकदेखि पार्टीका आउरेबाउरेको लामवद्ध मान्छेहरू जनता निचारेर कर अशुल गर्दै खाँदैछन् । जुकाले रगत चुसेजसरी जनता चुसेर ढाडिएका जुकाले चुस्दिन भन्दैन, कम्युनिष्ट सरकारमा पुँजीवादी शोषणको पराकाष्ठा नाघिसकेको थियो, कांग्रेस भ्रष्टाचारमा रमाएकै हो, रास्वपा अहिलेसम्म भ्रष्टाचारमा गनाएको छैन र यिनीहरू मेरा साना साना सपना कुल्चेर ठूला ठूला सपना देखाइरहेका छन् । पूरा गरून् । जनता सपना पूरा हुने आशमा रहेका छन् । जनताको आशमार्दा के सम्मका घटना देखियो, त्यस्तो फेरि नहोस् ।
जनप्रतिनिधि, मेरो सरकार, मेरो संविधान, मेरो लोकतान्त्रिक गणतन्त्रको बौलाह चरीत्र देखेर छक्क छु । म सामान्य सपना पूरा होस् भनिरहेको छु, राज्य स्वर्गै दिन्छु भन्ने सपना देखाइरहेको छ । म कम्पाउण्डरले ओखतीभन्दा बढी टनिक बेचेजस्तो र टनिक किन्न बाध्य पारिएको बिरामीजस्तो म पनि राज्यको सपना देखेर जील खाइरहेछु, जिल्लाराम छु ।
रास्वपा–बालेन साह, प्रधानमन्त्रीले पनि सपना देखेका छन्, चुनावमा देखेकै हो । प्रधानमन्त्री भन्छन्– सपना देख्नेले पूरा गर्छ । हो, नेपाल सपनाको देश हो, सपना नै सुशासन र समृद्धिको आधार हो । भ्रष्टाचारको अन्त र भ्रष्टाचारीमाथि कारवाही हो । सपना देखिएन भने सत्ता टिक्दैन, राजनीति चल्दैन । सपना शायद नेपाली राजनीति गर्ने अचुक उपाय हो ।
१० वर्षे जनयुद्धकालखण्डमा युवाहरूलाई जसले खेती रोजे खेत पाइने, महल रोजे महल पाइने, जसले जे रोज्छ त्यही पाइन्छ भनेर बन्दुक बोकाइयो । मर्ने मरे, बाँच्ने पहुँचवाला सत्ता र शक्तिमा पुगे, नसक्ने अयोग्य भए, कोही खाडी गए, कोही यतै ढलापडा छन् । कतिपय युवतीहरू राजमार्गमा यौवन बेचेर बालबचेरा पालिरहेका छन् । सपना देखाउनेहरू महाराजा बने । महासामन्त बने । सपना भनेको देखाउनेलाई सपार्ने रहेछ । देख्ने सधैं सपना देखेर बाँच्नु न मर्नुपर्ने छटपटीमा हुँदा रहेछन् । नेपालमा जे भइरहेको छ, अहिले यस्तै भइरहेछ ।
माओवादी जनयुद्ध पनि सपना नै थियो । असमानता हटाउन, भेदभाव र बिभेद मास्न, समृद्धिको साम्राज्य सिर्जना गर्न निरंकूशता फालौं भनेर जनतालाई घरघरबाट सडकमा आउनै वातावरण बन्यो । परिवर्तन भयो । राजा झुके, मरेको संसद ब्यूँतियो । संसद ब्यूँतियो कि भूत ? सबै रनभुल्लमा छन् । किनभने त्यही संसदबाट संविधानसभा जन्म्यो, संविधानसभाले राजा फालेर महाराजाको उत्पत्ति गरायो, संविधान जारी भो, बिभेद बढ्यो, समानता आएन । आयो त तिनै परिवर्तनका नेतृत्व गर्नेहरूलाई आयो । तिनकै रजगज चलेको छ, तिनीहरू नै आधुनिक श्री ३ महाराज बनेका छन् । जनता हिजो अन्यायमा थिए, आज महाअन्यायमा परेका छन् । जनताप्रतिको जिम्मेवारी कसैले लिन तैयार छैन । जनताप्रति जिम्मेवार हुनै नपर्ने लोकतन्त्र आएको छ । लोकतन्त्र लूटतन्त्र बन्यो, लुटाहरूको शासन सकियो । परिवर्तनकारी युवा राजनीतिमा आए ।
नयाँ पुस्ता युवाले दिने परिवर्तन कस्तो होला ? अझै देख्न पाइएन ।
चार दशक, पुराना लुटाहरूले देशै अभरमा पार्न थालेका छन् । नयाँलाई कामै गर्न दिएका छैनन् । देशको जिम्मेवारी लिनेसमेत कोही भएन । देशैभरि जागरण अभियान चलेको छ । भर्खर परिवर्तन आएको ६ महिना भयो, केको जागरण अभियान हो यो ?
समाज देशका वास्तविक नक्सा माँगिरहेको छ । भएछ के भने लोकतान्त्रिक नेताहरूले कालापानी, लिपुलेक, लिम्पियाधुरा भारततिर पारेर राष्ट्रको नक्सा नै फेरिसकेछन् । गणतन्त्रले गरेन त कमाल । देखाएन त सपना ? जनता ठूला सपना सिनेमा हेरेजस्तो हेरिरहेका थिए, सपना देखाउने सरकारले त राष्ट्रको मिर्गौला काटेर भारतलाई दिइसकेछ । यता समृद्धि र सुशासनको टनिक बेचेर उता सत्ताको मुनाफा पो घिचिसकेछन् जनप्रतिनिधिहरूले । यो विषय जनतालाई सह्य भएन । यसकारण परिवर्तन आएको हो । बालेन सरकारले अब यो भूल पनि सच्याउनुपर्छ । निकट भविष्यमा प्रम बालेन भारत जाँदैछन्, अर्थपूर्ण भ्रमणको अर्थ जनताले बुझ्नेगरी सम्पन्न हुनुपर्छ । यसका लागि अहिले देखि नै गहन होमवर्क होस् ।
जनतालाई सपना समृद्धि र सुशासनको देखाएको हो दुई तिहाईको सरकारले । पेण्डोराको बाकस खुलेझैं खाली भ्रष्टाचार र ठेकेदारहरूको पोलखोल पो भइरहेछ । कमिशन र सुनकाण्डहरूबाट अव त बलात्कार र हत्याका श्रृंखलाहरू पो बढ्न थाले । सपनाको सुन्दर जीवन देखाउनेले सुन्दर काम पनि गरेर देखाउनुपर्छ ।
सबैको सानो सपना, समाजमा सभ्यताको विकास होस्, भाइचाराको विकास होस्, बहुल जातीय समाजमा जातीय सद्भाव कायम होस् भन्ने हो । सपना देखाउनेहरू जातीय, क्षेत्रीय बिभाजनका मुद्दा उठाउँछन् । अव त मधेसतिर मधेश अलग देश हो भन्ने नारा उठिसक्यो । दुई तिहाईको सरकार ले सपना देखाइरहेछ, जनतासँग करार पनि गरेको छ, घोषणापत्र पनि पढाएको छ । त्यो परिकल्पना कछुवाको गतिमा होइन, डाँफेले बेग हानेजरी पूरा हुनुपर्छ । अगरमगर हुनुहुन्न ।
भोटेकोशी बाढी, भूकम्प पीडितले अझै बास बनाउन सकेनन्, बाढी र पहिरो पीडितले राहत पाएका छैनन्, अतिरोग पीडितले उपचार पाएका छैनन्, गरीबीको परिचयपत्रसमेत धनीलाई बितरण गर्ने ्कम्युन्यालिष्टको अन्त भएको छैन । सपना देख्ने र सत्ता चलाउने, तस्कर र माफियाको, भ्रष्ट र असामाजिक तत्वको बिगबिगी कमजोरमात्र भएको हो, रोकिएको छैन । हिजो तिनलाई खोकिलामा हालेर बचाउने राज्यलाई लोकराज्य भनियो, आज त्यस्तो नहोस् ।
जनताले सतिसालजस्तो जनमत दिएका छन् । नैतिकताको घोडा चढेर लोकतन्त्र देखाउनुृपर्छ । जनताको अपेक्षा पूरा गर्छु, कुनै भ्रष्टाचारीलाई छाड्दिन भन्ने प्रधानमन्त्रीको खुट्टी भिजेको परालखुट्टे देखिनु हुन्न । जनतातिर फर्केर जनमतकै कदर हुनुपर्छ । जनताले जयकार गर्न पाउनुपर्छ । हिजोजस्तो घृणा गर्ने दिनको अन्त हुनुपर्छ । सरकारप्रति अपनत्व लिएको दिन जनादेश देखिनुपर्छ ।
६ महिना भयो यो सरकार जन्मेको । बामे सर्दैछ, कहिले उभिएला र दगुर्ला ?
sapta chakra spa
below next and prev inner page

below international hompage
below entertainmnet insurance
napali patro below sports