प्रतिशोधको राजनीतिको अन्त्य पनि प्रतिशोधबाटै हुन्छ ?
जनतालाई एक पटक झुक्याउन सकिन्छ, सँधैभरीलाई होइन ए बालेन सरकार !
वि.सं.२०८३ कात्तिक १२ बिहीवार ११:४१
shares

काठमाडौं । २०८२ भाद्र २३ गते भएको जेनजनीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गरेर भाद्र २४ गते मुलुकभरमै विध्वसात्मक कार्य गरियो । सो दिन सरकारी भवन सिंहदबार, सर्बोच्च अदालत, राष्ट्रपतिको कार्यालय, संसद भवनलगायत अन्य धेरै सरकारी कार्यालयमा आगजनी भयो भने सिंहदरबारको सुरक्षाका लागि सिंहदरबार भित्रै रहेको नेपाली सेनाले समेत आगजनी गर्न आएका आन्दोलनकारीहरुलाई रोक्ने प्रयाससम्म गरेको देखिएन । त्यहाँ रहेका सेनाहरु सिंहदरबार गेटमा उपस्थित भएका भए सिंहदरबारमा आगजनी हुन सक्ने अवस्था रहँदैन थियो ।
सिंहदरबारमा आगजनी भएपनि काठमाडौ महानगरमा रहेका दमकलहरु समेत आगो निभाउने कार्यमा प्रयोग भएनन् आखिरी किन ? सिंहदरबारमा आगजनी हुँदा काठमाडौ महानगरका मेयरमा हालका प्रधानमन्त्री बालेन साह नै थिए बालेन साहले नै २०८२ भाद्र २३ गते भन्दा अगाडि नै सिहंदरबारमा आगो लगाईदिन्छु भन्ने स्टाटस लेखेका थिए । साहकी श्रीमती सवार गाडीलाई ट्राफिक प्रहरीले चेकजाँच गरेको भन्दै त्यस्तो स्टाटस लेखेका थिए । सिंहदरबारमा आगजनी भयो तर काठमाडौ महानगरको नियन्त्रणमा रहेको दमकल आगो निभाउन प्रयोग नै भएनन् किनभने मेयर साहले आगो निभाउन दमकल प्रयोग गर्न अनुमति नै नदिएको समाचारहरु त्यसैबेला नै प्रकाशित र प्रसारित भएका थिए ।
भाद्र २३ गतेको विरोध प्रदर्शनमा पानी बाँड्न आएको बताउने सुधन गुरुङले नै जिल्ला प्रशासन कार्यालय काठमाडौमा भाद्र २३ गते जेनजीहरुले विरोध प्रदर्शन गर्ने भनेर अनुमति मागेका थिए तर उनले आफूँ कुनै पार्टीका नेता नभएको र पानी बाँड्न मात्र आएको बताउँदै सरासर झुठ बोलेका थिए । भाद्र २४ गतेको विध्वसात्मक कार्यमा रास्वपाका धेरै नेता तथा कार्यकर्ताहरु लगायत गुरुङ नै अध्यक्ष रहेको हामी नेपाली नामक संस्थाका व्यक्तिहरु समेत सहभागि भएका थिए भने हातमा टीओबी लेखिएका व्यक्तिहरु समेत भाद्र २३ र २४ गतेको विरोध कार्यमा संलग्न रहेका थिए ।
२०८२ भाद्र २७ मा संविधानको उल्लंघन गर्दै सर्बोच्च अदालतकी पूर्व प्रधानन्यायाधिश सुशिला कार्कीको नेतृत्वमा सरकार गठन गरियो । कार्की सरकार गठन गर्न नेपाली सेनाका प्रधानसेनापति र हालका प्रधानमन्त्री बालेन साह लगायत सुधन गुरुङको मुख्य भूमिका थियो भने उनीहरुलाई तत्कालिन केपी ओली नेतृत्वको कांग्रेस–एमालेको संयुक्त सरकारका विरोधमा रहेका केही स–साना राजनीतिक दल र सहकारी ठगी प्रकरणमा अदालतको आदेशनुसार पुर्पक्षका लाग जेलमा रहेका रास्वपा सभापति र रास्वपाका धेरै नेताहरुले समर्थन गर्दै सिंहदरबारमा आगजनी भएपछि सिंहदरबार भित्रैबाटै वल्ल प¥यो माकुरी जालैमा भन्दै नाँचगान र देखिस् ओली तेरो सिंहदरबारमा आगजनी गरिदियौँ भनेर नाचगान गर्दै खुसी व्यक्ति गरेका थिए । यी सबै तथ्यहरुले प्रमाणित हुन्छ सिंहदरबार लगायत अन्य सरकारी भवन, संसद भवन केही व्यावसायिक भवन र पुराना दल भनिएका शिर्ष नेताहरुका निवासमा आगजनी गर्ने योजना निकै पहिला देखि नै भएको थियो भनेर ।
सुशिला कार्की प्रधानमन्त्रीमा नियुक्त भएकै दिन २०८२ भाद्र २७ गते प्रतिनिधिसभाको सदस्यका लागि निर्वाचन गर्ने घोषणा समेत भयो । त्यही घोषणाको आधारमा २०८२ फागुन २१ गते संसदको निर्वाचन सम्पन्न भयो । सो निर्वाचनका लागि पुराना भनिएका राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलहरुलाई जनतासामू जान विभिन्न अवरोधहरु सिर्जना गरियो भने २०८२ भाद्र २३ गतेको विरोध प्रदर्शनमा सहभागि भएका र पानी बाँड्न आएको बताउने सुधन गुरुङसहितका प्रायः सबै व्यक्तिहरु रास्वपामा प्रवेश गराइयो । तर जेनजी आन्दोलनका अगुवाहरु भने बाहिरै रहे । यसै कारणले प्रष्ट हुन्छ जेनजीहरुलाई देखाएर केही व्यक्ति र रास्वपाले पार्टीगत स्वार्थका लागि नै र रास्वपाका सभापति रवि लामिछानेलाई जेलमुक्त गराउने कुटनीतिक षड्यन्त्रका साथ नै भाद्र २४ गते विध्वसात्क कार्य गरेको थियो भनेर ।
२०८२ फागुन २१ गते सम्पन्न भएको संसदको निर्वाचनमा रास्वपाले झण्डै दुई तिहाई मत पाएको थियो । भाद्र २३ र २४ गतेको विध्वसात्मक कार्यको फाइदा लिएकाहरु मध्येका धेरै व्यक्तिहरु रास्वपामा प्रवेश गरेर संसदको निर्वाचनमा गएका हुनाले जनताले उम्मेदवार सम्म नदेखेपनि उनीहरुलाई नै मतदान गरेका थिए ।
बालेन साह समेत निर्वाचन हुनु भन्दा केही समयअघि मात्र रास्वपामा प्रवेश गरेका थिए भने उनलाई रास्वपा प्रवेश गरैकै दिन भावि प्रधानमन्त्रीका उम्मेदवार भनि रास्वपाले घोषणा गरेको थियो । त्यसबेला बालेनको प्रभाव देखिएको र बालेन साहले नै २०८२ भाद्र २४ गते अब नेपाली सेनाका प्रधानसेनापतिसँग वार्ता गर भन्ने स्टाटस लेखेका र उनैको सक्रियतामा सुुशिला कार्की प्रधानमनत्रीमा नियुक्त भएकाले बालेनको मुलुकभर चर्चा चलेकोले रास्वपाले त्यसको फाइदा उठाउनैका लागि बालेनलाई आफ्नै पार्टीमा प्रवेश गराएर पार्टीका वरिष्ठ नेता र भावी प्रधानमन्त्रीको उम्मेदवार भन्दै निर्वाचन अघि मुलुकभरमै दौडाह गराएको थियो ।
बालेन २०८२ चैत्र १३ गते प्रधानमन्त्रीमा नियुक्त भएकै दिनदेखि प्रतिशोधको राजनीतिमा उत्रिएका थिए भने सो क्रम अहिलेसम्म जारी रहेकाले रास्वपा र प्रधानमन्त्री बालेनको विरोध सुरु भएको छ । बालेन सरकारले जनतालाई ढाँटेर रास्वपाको स्वार्थअनुसार अघि बढेको र प्रायः सबै क्षेत्रमा हस्तक्षेपकारी भूमिका खेलेको हुनाले सरकारको विरोध सुरु भएको छ ।
लोकतान्त्रिक व्यवस्थाको धज्जी उडाउने काम समेत बालेन सरकारबाट भएको र बाढी पहिरोबाट पिडितहरुले समेत राहतको महसुस गर्न नसकेको हुनाले पछिल्लो समयमा बालेन सरकारको आलोचनामात्र सुरु भएको होइन लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थाकै धज्जी उडाउने कार्यमा सरकार लागेको भन्दै रास्वपाकै केही नेता तथा कार्यकर्ताहरुले आवाज उठाउँदै विरोध गरिरहेपनि सरकार भने मौन रहेको छ ।
हुँदाहुँदा भोटेकोशी बाढी पिडितहरुले समेत बालेन सरकारले आफैँले घोषणा गरेको सहयोग आफूहरुले आजसम्म नपाएको भन्दै विरोध गरिरहेका भएपनि सरकार र रास्वपा भने मौन रहनुले जनताले फेरी एकपटक ठुलो धोका पाएको अनुभूति गर्न थालेका छन् । त्यसैले भन्न सकिन्छ प्रतिशोधको राजनीतिको अन्त्य पनि प्रतिशोधबाटै हुन्छ त भन्ने प्रश्न समेत उब्जिएको छ ।




































